विराटनगर र राजविराज विमानस्थल बन्द, आज कुनै पनि उडान भएनन्



काठमाडौ । बुधवार विराटनगर र राजविराज विमानस्थल बन्द भएका छन् । अचानक मौसममा आएको खराबीका कारण यि दुई विमानस्थल बन्द भएका हुन् । मौसम खराबीले विराटनगर र राजविराजका विमानस्थल खुल्न नसकेका विमानस्थल कार्यालयले जनाएको छ । वायुसेवा कम्पनीले भिजिबिलिटी कम हुँदा २ विमानस्थलमा बिहानदेखि उडान हुन नसकेको बताएका छन्।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विराटनगर र राजविराज विमानस्थल अझै उडान गर्न नसकिएको बताएका छन्। उनले बाँकी विमानस्थलमा उडान शुरु भएको बताएका छन्। जाडोयाम शुरु भएसंँगै नियमित उडानमा नियमित हुन सकिरहेका छैनन्।

यो पनि, बुधबार देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर(१ र प्रदेश नम्बर(२ सहित देशका पहाडी भूभागमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।

आज काठमाडौंमा घाम लाग्ने छ। तर दिउँसोतिर केही स्थानमा बादल देखिने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले सेतोपाटीलाई जानकारी दिइन्।

यस्तै आज दिउँसो सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ। यस्तै, प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यस्तै भोलिदेखि न्यून चापीय प्रणालीको प्रभाव केही कम हुनेछ। ‘आजभन्दा भोलि मौसममा केही सुधार हुनेछ। ठूलो खालको वर्षाको सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हने देखिन्छ’, मान्धरले भनिन्,‘बिहिबारदेखि देशभर आंशिक बदली रहने सम्भावना छ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।’

शुक्रबार देशभर आंशिक बदली रहनेछ। अपरान्ह पछाडि प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा फाटफुटरहल्का हिमपातको सम्भावना रहेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्