पृथ्वीनारायण शाहले दुख गरेर एकिकरण गरे आज नेताले देश सक्नलागे भन्दै सकुल शाहाको आक्रोश (भिडियो सहित)



देश संघिय गणतन्त्रमा गएसंगै नेपालमा श्री ५ बडा महाराज धिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीलाई अवमूल्यन गर्न थालिएको छ । २२,२४ राज्यहरुलाई एकीकरण गरेका बृहत् नेपाल राष्ट्र निर्माण गर्नु भएका पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सरकारले सार्वजनिक विदा दिन छाडेको छ । पुष २७ गतेलाई राष्ट्रिय एकता दिवशका रुपमा शिद्वपुरी अभियान नेपाल भव्यरुपमा मनाएको छ ।

शिद्वपुरी अभियान नेपालका राष्ट्रिय अध्यक्ष शकुल शाहको अध्यक्षता तथा लक्ष्मणन थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संघ संस्थाका व्यक्तित्वहरुको सहभागिता रह्याे । राजतन्त्रकालिन राष्ट्रिय गीत ‘श्रीमान गम्भीर नेपाली राष्ट्रिय’ बाट शुरु भएको कार्यक्रममा राष्ट्रिय हिन्दु महासंघ नेपालका सचिव हरी शर्मा, शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य आरके बस्नेत, श्रमजीवी टेड्र युनियनका अध्यक्ष वसन्त कुमार लामा, उपाध्यक्ष भुवन बस्नेत लगायतका व्यक्तित्वहरुले पृथ्वीनारायण शाहलाई सम्मान सहित चर्चा गरेका थिए ।

कार्यक्रममा बाेल्दै शकुल शाहले गणतन्त्रवादीहरुले देशलाई सक्काउन लागेको भन्दै पृथ्वीनारायण शाह झै एक व्यक्ति चाहिएको बताएकाछन् । सनातन हिन्दु धर्म र धर्मावलम्बीहरुलाई पाखा लगाई विदेशी धर्म, संस्कृतिलाई प्रोत्साहन गर्ने गणतन्त्रवादीहरुलाई चेतावनी दिदैं शाहले भने राष्ट्र निर्मातालाई अपमान गर्दै राष्ट्रिय एकता दिवशका अवसरमा पुष २७ गते सार्वजनिक विदा नदिएर सरकारले महाभुल गरेको छ । यो नेपाल र नेपाली प्रतिको अपमान हाे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्