H#JG^*8XPo32Fd

घर फर्कने क्रममा भिरबाट लडेर ५५ बर्षीय लिम्बूको मृत्यु




फेदाप गाउँपालिका भिरबाट लडेर एक जनाको ज्यान गएको छ । फेदाप गाउँपालिका-१ मा रहेकाे भिरबाट ल’डेर ५५ बर्षका लैनबहादुर लिम्बूको बुधबार ज्यान गएको हो । डकर्मी कामका लागि लाम्थुङ्गा गएका लिम्बू घर फर्कने क्रममा भोगटेनीस्थित कालीदह भिरमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार बिहान अबेरसम्म लिम्बू घर नआएपछि परिवार र छिमेकीले खोजतलास गर्दा उनलाई मृत अवस्थामा फेला पारेकाे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याइएको छ ।

यो पनि, नेकपा एमाले जिल्ला कमिटी लमजुङमा ९० जना जिल्ला कमिटीमा ३१ जना महिला निर्वाचत भएका छन् । २३ देखि २६ पुससम्म भएकाे अधिवेशनबाट अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चयन भएका थिए । यस्तै, उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसहमत चयन भएका छन् । चार जनाबीच भएको उपसचिवको निर्वाचनमा भने जितबहादुर गुरुङ र जनकराज मिश्र निर्वाचित भएका छन् । साथै ९० जनाको जिल्ला कमिटीमा ३१ जना महिला समेत निर्वाचित भएका छन् ।

एमालेको आठौं जिल्ला अधिवेशन निर्वाचन कमिटीले मत परिणाम घोषणापश्चात प्रमाणपत्र प्रदान गरेकाे छ । निर्वाचन कमिटीका निर्वाचन अधिकृत विमल अधिकारीका अनुसार पदाधिकारीहरूलाई अध्यक्ष मण्डलका संयोजक एवं गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीले खादा लगाइदिएका थिए । निर्वाचन कमिटीका मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका हुन् । प्रमाणपत्र वितरणलगत्तै अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई मुख्य निर्वाचन अधिकृत बुद्धिसागर बरालले सपथ खुवाएका थिए । अध्यक्ष अधिकारीले अरु निर्वाचित पदाधिकारीलाई सपथ खुवाएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं लमजुङ इन्चार्ज मायानाथ अधिकारीले पार्टीलाई अझ मजबुत र शसक्त बनाउने जिम्मा नयाँ नेतृत्वको रहेको र जिम्मेवारी पूरा गर्न निर्देशन दिए । नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद अधिकारीले पार्टीलाई बलियो र मजबुत बनाउन लाग्ने बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्