H#JG^*8XPo32Fd

२४ घण्टामा ह्वात्तै बढ्यो कोरोना संक्रमण, काठमाडौं मा मात्रै देखियो यति धेरै संक्रमित, आईसीयू र भेन्टिलेटरमा कति?




काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ७५ जना कोरोना संक्रमित थपिएको छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ३६ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा १३ हजार ७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यस्तै, गरी २४ घण्टामा दुई सय ७८ जना संक्रमण मुक्त भएका छन् भने काठमाडौं जिल्लामा मात्रै एक हजार एक सय २८ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणकै कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छिन् ।

त्यस्तै, हाल देशभर ९ हजार ५ सय २२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। दैनिक संक्रमितको संख्या बढेसंगै सक्रीय संक्रमितको संख्या पनि तिव्ररुपले बढेको छ। गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा आज त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। आज एकै दिन २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन्। जबकि गत मंगलबार जम्मा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो।

पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका सङ्क्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ सङ्क्रमति देखिएका छन्। संक्रमण दर पनि वृद्धि भएको छ। पुस १९ गते कूल परीक्षणमध्ये २.६ प्रतिशतमा रहेको सङ्क्रमण हिजो पुस २६ गते कूल परीक्षण गरेकोमध्ये १२.७ प्रतिशतमा संक्रमण पुगेको छ। यस्तै पुस २५ गते कूल परीक्षण गरेकोमध्ये ९.२ प्रतिशतमा सङ्क्रमण दर रहेको थियो।

यसैगरी पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत, पुस २४ गते ७.१ प्रतिशत कूल संक्रमण दर रहेको थियो। आज संक्रमण दर १६ प्रतिशत पुगेको छ।

केही दिनयता नेपालमा पनि समुदायस्तरमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै संक्रमण ह्वातै बढेको हो। ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेका कारण यो संख्या अझै बढ्ने देखिन्छ। यही हिसाबले बढ्ने हो भने माघको पहिलो सातातिर दैनिक संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ। हाल ९३ जनाले आइसीयु र १९ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्