स्याङ्जामा घट्यो डरलाग्दो घटना दुई दिदि बहिनि माथि …….



स्याङ्जामा १६ महिने बालकको ह’त्या भ’ए’को खबर आएको छ। वालिङ्ग नगरपालिका–१० भकुण्डेस्थित ठाडोलाइनमा डेरा गरी बस्ने रनमाया गुरुङ्गको १६ महिने छोरा साइमन गुरुङ्गको घाँ’टी रे’टे’र ह’त्या गरिएको प्रहरीले जनाएको छ ।

भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङको मृत्यु भएको हो। उनको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाउँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतककी दिदी ५ वर्षीया साइना गुरूङमाथि पनि च’क्कु प्र’हा’र भ’ए’को थियो। उनको अहिले प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। प्रहरीले च’क्कु प्र’हा’र गरी ह’त्या ग’रे’को आरोपमा जितेन्द्रलाई पक्राउ गरिसकेको छ। उनी बालकका छिमेकी भएको खुलेको छ। यद्यपि कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।

घटना कुन उदेश्यले र किन घटाइएको भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्