अन्त्येष्टिका लागि लगिएको एक महिलाको शव बाटोबाटै फर्काइयो



पुस २८- मोरङको केराबारीमा अन्त्येष्टिका लागि लगिएको एक महिलाको शव बाटोबाटै फर्काइएको छ । सुन्दरहरैचा नगरपालिका– ५ ऋषिदेव टोल घर भई केराबारी गाउँपालिका– ६ बस्दै आएकी ५० वर्षीय सोमनी ऋषिदेवको बुधबार मृत्यु भएको थियो ।

४५ वर्षका श्रीमान झाडी ऋषिदेवसँग बस्ने उनको केराबारीस्थित अस्थायी बसोबासस्थलमै मृत्यु भएको थियो । उनको मृत्यु कालगतिले भएको भन्दै श्रीमान‍्ले अन्त्येष्टिका लागि लैजाँदै गर्दा प्रहरीले शव नियन्त्रणमा लिएर अस्पताल पठाएको हो ।

‘शंका’स्पद मृत्यु भएको उजुरीपछि पुगेको प्रहरीले बोटोबाटै शव नियन्त्रणमा लिएर पो’ष्ट’मा’र्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । मृतक महिलाको टाउकोमा चोट देखिएकाले पो’ष्ट’मा’र्टमका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान प्रहरीलाई शं’का’स्पद अवस्थामा मृत भेटिएको सूचना पुगेको थियो । तर प्रहरी घटनास्थल पुग्नुअघि नै आफन्तले उनको शव उठाएर सन्दरहरैंचातर्फ ल्याउँदै थिए । घरबाट सद्गदका लागि लैजाने तयारी थियो । प्रहरीले मृतकका श्रीमानमाथि अनुसन्धान गरिरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्