गायक यम बरालले गरे दोस्रो बिहे, भित्र्याए काँग्रेस नेतृ


banner

गायक यम बरालले दोस्रो बिहे गरेका छन् । आकृति राणासँग पहिलो विवाह गरेका बराल र राणाको १० वर्षअघि सम्बन्ध विच्छेद भएको थियो । बरालले कांग्रेस नेतृसमेत रहेकी गीता शिवाकोटी (गीताञ्जली शर्मा)सँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतासँग बिहे गरे पनि गुपचुपमा राखेका थिए ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन् । उनले निर्वाचनमा जित भने हासिल गर्न सकिनन् । बराल र शिवाकोटीले बेहुला बेहुला रुपमा नाचगान गरेको भिडियो उनीहरुकै एक आफन्तले सार्वजनिक गरेपछि उनीहरुको विवाहको समाचार बाहिरिएको हो ।

विवाहको बिषयमा प्रश्न गर्दा गीताले यो आफ्नो व्यक्तिगत जीवनको मामला भएकाले केही नबोल्ने बताइन् । ‘म सेलिब्रेटी होइन, यो मेरो ब्यक्तिगत जीवन हो,’ गीताले भनिन् ‘तपाई आफ्नो सेलिब्रेटी (यम बराल)सँग सोध्नुस् यो बिषयमा म केही बताउँदिन ।’ तर उनले बिहे गरेको भने अस्वीकार गरिनन् । एक टेलिभिजन कार्यक्रमले भने यम र गीता दुलाहा र दुलहीको रुपमा नाचगान गरेको भिडियो सार्वजनिक गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्