धादिङ घटना : प्रहरी लिएर उद्दारका लागि गयो हेलिकप्टर




काठमाडौ । धादिङमा भएको घटनामा परि हराएकाहरुको खोजी र उद्दारका लागि प्रहरी सहितको टोली घटनास्थल तर्फ गएको छ । धादिङको गएको पहिरोले डोजर पुरीदा ३ जना हराएका छन्। उनीहरुको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ ।

बाटोबाट करिब ६० मिटर तल पहिरो खसेको र त्यहाँसम्म जान नसकिने अवस्था हुँदा हेलिकोप्टर पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी राकेश सिंहले बताए ।

धादिङको रुबीभ्याली गाउँपालिका–१ मा आज बिहान ८ बजेतिर बाटो ख न्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएका हुन् । डोजर चालक, सहचालक र निर्माण व्यवसायीका एकजना बेपत्ता छन् । चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ पहिरोमा परी बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

यो पनि मन्त्रीहरूमा कोरोना संक्रमण भएपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

‘केही मन्त्रीहरूमा संक्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले आज पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ज्यु पनि कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्