९ दिनमा ७ गुणाले बढ्यो बालबालिकामा संक्रमण, काठमाडौंका अस्पतालमा बालबालिका बिरामीले भरिन थाले



काठमाडौं : पछिल्लो २४ घण्टामा ३५ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणबाट यो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् । साथै सरकारले पछिल्लो एक दिनमा तीन लाख ५६ हजार चार सय जनालाई भ्याक्सिन लगाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १४४९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३१७ र भक्तपुरमा १५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै आधा बढी संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा ५ हजार ८४२ जना सक्रिय संक्रमित रहेका छन् भने ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ जना रहेका छन् । हाल देशभर १४ हजार ३४० जना कुल सक्रिय संक्रमित रहेका छन् । यस हिसावले काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमित ८ हजार ३९६ जना रहेका छन् ।

पालमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रमित हुने बालबालिकाको संख्यामा वृद्धि हुँदै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित हुने बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको छ । २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएको थियो । तर, २९ पुसमा उक्त संख्या उकालो लाग्दै ४९ पुगेको छ ।

बालबालिकामा संक्रमणदर बढ्दै जानुमा मुख्य कारण नै खोपको पहुँचमा बालबालिका नहुनु बालरोग विशेषज्ञहरु बताउँछन् ।उसो त अस्पतालमा शं’का’स्प’द लक्षण भएका बालबालिकाको भर्ना दर बढ्दै गएको छ ।

कान्तिबाल अस्पतालका निर्देशक डा. अजित रायमाझी पछिल्ला केही दिनयता जस्तै लक्षण लिएर आउने बालबालिकाको संख्यामा वृद्धि भएको बताउँछन् । बालरोग विशेषज्ञहरुको अनुमान छ – ओमिक्रोनको लहरबाट धेरै बालबालिका संक्रमित हुन सक्छन् ।

हाल कान्तिबाल अस्पतालमा १४ जना शं’का’स्प’द बालबालिकालाई भर्ना गरिएर राखिएको छ भने दुई जना बालबालिका पोजेटिभ छन् । तर, यो संख्या करिब १० दिन अगाडि शं’का’स्प’द एक दुई जनामा सीमित थियो । अस्पतालमा भर्ना भएका शंस्कापद केसहरु १० वर्षभन्दा तलका बालबालिका छन् । ‘केही दिनयता कोरोनाको लक्षण भएका बालबालिका भर्ना हुने क्रम बढ्दो छ,’ डा. रायमाझीले भने, ‘शं’का’स्प’द बालबालिका थपिँदै जानुले चिन्ता थपिदिएको छ ।’ डा. रायमाझीका अनुसार १४ वटा शं’का’स्प’द केसहरुको पीसीआर परीक्षण भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्