यी हुन् अमेरिका लैजान्छु भन्दै ठगी गर्ने मोडल, को हुन् यिनी जसले युवाहरुलाई अलपत्र बनाईन ?



अमेरिका लैजाने भन्दै विभिन्न देश पुर्‍याएर अलपत्र बनाउने सुधा देवकोटालाई प्रहरीले मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ । कुनै समय मोडलसमेत रहेकी देवकोटाले दुई युवकलाई अमेरिका पठाउने भन्दै विदेश लगेर ब’न्ध’क ब’ना’एकी थिइन् । श्रीमान् मुक्तिनारायण केसीसँग मिलेर उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ । देवकोटाले केही वर्षअघि म्युजिक भिडियोमा अभिनय गरेको र हाल आफ्नै नाममा युट्युब च्यानल चलाउँदै आएकी थिइन् ।

एक पीडितलाई उनले २५ जनवरी ०१९ मा इन्डोनेसियाको जाकार्ता हुँदै बोलिभिया मार्फत अमेरिका लैजाने आश्वासन दिई इन्डोनेसिया लगेकी थिइन् । तर, एयरपोर्टमा सेटिङ नमिलेको भन्दै नेपाल फर्काई इथियोपियाबाट मेक्सिको हुँदै अमेरिका लैजाने बताएका थिए । इथियोपियामा तीन महिनासम्म बन्धक बनाइएको थियो । पछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए ।

ती पीडितसँग ११ लाख १० हजार रुपैयाँ लिएका थिए । त्यस्तै, अर्का पीडितलाई दिल्ली हुँदै लैजाने भनेर त्यहाँ पुर्‍याई दुई महिनासम्म राखिएको थियो । पछि नेपाल फर्काई १९ फ्रेब्रुअरी ०१९ मा इन्डोनेसिया पुर्‍याइएको थियो । त्यहाँ सात महिनासम्म ब’न्ध’क ब’नाई शा’री’रिक तथा मा’न’सि’क या’तना दिइएको थियो । भिसा अवधि सकिएपछि उनी त्यहाँ १४ दिन जेलसमेत बसेका थिए । जेलबाट छुटेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल निष्कासन गरेको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्