भारत- पाक विभाजनको बेला छुट्टिएका दाजुभाईको जब ७४ वर्षपछि पुनर्मिलन भयो…(भिडियो सहित)



एजेन्सी : सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चुकाएको थियो । भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र- भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो । विभाजनसँगै हिं -/सा र न’र’सं’हा’र पनि म’च्चि’ए’को थियो । विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ ।

भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् । सिद्दिकीले विभाजनपिछ भारतकाे पन्जाबकाे फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।

लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अं’गालो हा’लेर आँशु चु’हाए’को दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सिद्दिकी बच्चा नै थिए । भिडियो :

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्