सार्वजनिक भयो स्वस्तिमा खड्काको अभिनय रहेको दक्षिण भारतीय फिल्मको ट्रेलर (भिडिओ हेर्नुस्)



काठमाडौ । नेपाली कलाकारहरुले पनि नेपाल बाहेक अन्य भाषाको फिल्ममा पनि अभिनय गर्न थालेका छन् । हालै नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको दक्षिण भारतीय फिल्म ुथिरीमालीु को ट्रेलर सार्वजनिक भएको छ। विहिवार सार्वजनिक भएको फिल्मको ट्रेलरमा उनको त्यस्तो कुनै अभिनय त देखिदैन । उनको एउटा गीतको केही झलक देखिएको छ ।

मलयालम भाषाको यो फिल्मको ट्रेलर दुई मिनेट ४१ सेकेन्डको छ । ट्रेलर सायना मुभिज को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्। जेभियर एलेक्स र राजीव शेट्टीको लेखनमा बनेको फिल्ममा मलयालम फिल्म उद्योगका चर्चित अभिनेता बिबिन जर्ज मुख्य भूमिकामा छन्। त्यस्तै जोनी एन्टोनी र धर्मजान बोलगट्टी पनि यसका प्रमुख पात्र हुन्।

ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ। त्यस्तै यसमा स्वस्तिमा खड्काको नाचका केही झलकहरू पनि छन्। गीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेकी देखिन्छिन्। कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ।

यो पनि, विवेकशील साझा पार्टीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक अभिव्यक्तिबारे नेपाल सरकारको अस्वाभाविक एवम् रहस्यमय मौनताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्