एकै दिन डाक्टर र इन्जिनियरको यसरी भयो दुखद निधन



काठमाडौ । शुक्रवार एकै दिन एक जना डाक्टर र एक जना इन्जिनियरको मृत्यु भएको छ । नुवाकोटमा चिकित्सक र संखुवासभामा इन्जिनियरको मृत्यु भएको हो । नुवाकोको विदुर नगरपालिका–१ स्थित ढुंगेमा चिकित्सक मृ त अवस्थामा भेटिएका छन् । नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डे मृ त भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको निधन मोटरसाइकल दुर्घटनाका कारण भएको बताए । गएराति १२ बजेतिर त्रिशुली बजारबाट बट्टार जाँदै गरेका पाण्डे चढेको मोटरसाइकल दुर्घटना भएको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । उनी सञ्जीवनी पोलिक्लिनकमा कार्यरत थिए ।

शुक्रवार बिहान दुर्घटना भएको खबर पाएपछि उनलाई प्रहरीले त्रिशुली अस्पतालमा लगिएको थियो । पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । उनी सवार प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल कसरी दुर्घटना भयो भन्नेबार अनुसन्धान भइरहेको एसपी शाहले बताए ।

यता, संखुवासभाको सभापोखरी गाउँपालिका(३ बाह्रबिसेस्थितमा निर्माणाधिन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर एक इन्जिनियरको मृत्यु भएको छ । ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल ईन्जिनियर २८ वर्षीय अनिल ठाकुरको मृत्यु भएको हो ।

उक्त निर्माणधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाईनको तारमा पर्न गई करेन्ट लागेर बे हो स भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्