चीनमा बढ्दो कोरोनाको कारण बेइजिङ ओलम्पिकको योजनालाई बिगार्यो



४,फेब्रुअरी २०२२ देखि सुरु हुने शीतकालीन ओलम्पिक खेलकुदका आयोजकहरूसँग ओलम्पिकको तयारीलाई अन्तिम रूप दिन एक महिनाभन्दा कम समय बाँकी रहेको बेला चीनमा कोरोनाको संक्रमण बढ्दै गएको छ।

चीनमा सोमबार ११० वटा नयाँ स्थानीय स्तरमा कोभिड-१९ बिरामीहरूको फेला परेको भनी राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबारको आफ्नो दैनिक रिपोर्टमा बताएको थियो। नयाँ संक्रमितहरु मध्ये, हेनानमा ८७, शान्सीमा १३र तियानजिनमा १० जनामा रिपोर्ट गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार ११ वटा प्रादेशमा बाहिरबाट आएका ८२ जनामा पनि संक्र रिपोर्ट गरिएको समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

कोरोना भाइरसको महामारीका कारण चीनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहको कार्यक्रम घटाएको छ ।

चिनियाँ चलचित्र निर्देशक झाङ यिमुले राजधानीमा आयोजित सन् २००८ को समर गेम्सको तुलनामा उद्घाटन समारोह धेरै सानो हुने घोषणा गरेका छन् । सन् २००८ को ओलम्पिकमा आफ्नो भूमिका पुन दोहर्याउदै खेलको उद्घाटन तथा समापन समारोहका मुख्य निर्देशक झाङ लाई नियुक्त गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्