निजी टिभी च्यानल एआरवाईलाई फाइदा पुर्याउन पाकिस्तानको राष्ट्रिय कोषबाट अर्बौंको लुट



न्युज इन्टरनेशनलका अनुसार पाकिस्तान टेलिभिजन (पीटीभी) र निजी टिभी च्यानल एआरवाई बीच गैरकानूनी साझेदारी गरेर पाकिस्तानको राष्ट्रिय कोषबाट अर्बौं रुपैयाँ लुटिएको छ। अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को प्रसारण अधिकारको लागी खेलकुद च्यानल नभएको निजी न्यूज च्यानललाई साझेदार बनाएर फाइदा पुर्‍याउन लुट भएको हो।

पूरै खेल अगस्ट २०२१ मा सुरु भएको थियो।  जब पिटीभीले आइसीसीको प्रसारण अधिकारको साझेदारीका लागि टेन्डर जारी गर्‍यो त्यसमा पाकिस्तान सुपर लिग (PSL) को उल्लेख थिएन। न्युज इन्टरनेशनलका अनुसार यसअघि एआरवाइ कन्सोर्टियम ले आफ्नो स्पोर्ट्स च्यानल “ए स्पोर्ट्स” को अस्तित्व नभएको र कुनै लाइसेन्स नहुँदा आइसिसी प्रसारणमा संलग्न भएको थियो।

पि टिभी बोर्ड अफ डाइरेक्टर पनि यस विषयमा अनभिज्ञ रहेको थियो। पीएसएल अगस्त २०२१ आइसिसी प्रसारण अधिकारको टेण्डरमा उल्लेख गरिएको थिएन र पीटिभी स्पोर्ट्सले पीटिभी बोर्ड अफ डाइरेक्टरलाई अन्धकारमा राख्दै टेन स्पोर्ट्ससँग साझेदारीको लागि यसको अनुमोदन प्राप्त गरे पनि त्यसपछि ए स्पोर्ट्ससँग चुपचाप साझेदारी गरेको थियो।

पीएसएलका लागि पार्टी फेरेरै एआरवाईसँग मात्रै कन्सोर्टियम बनाइएको थियो ।  सार्वजनिक पैसामा चल्ने पिटीभीले अगस्ट २०२१ को सम्झौताको विवरण उपलब्ध गराएको छैन।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्