सिंहदरबारभित्रै केएमसीका सञ्चालक सुनिल शर्मालाई कालोमोसो दलियो


banner

काठमाडौं—सिंहदरबारभित्रै मेडिकल कलेज व्यवसायी सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट बाहिरिने क्रममा विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन् ।

विद्यार्थीहरुले छलफलबाट निस्कने क्रममा मन्त्रालयको ढोकैमा नमस्कार गर्ने बहानामा शर्मालाई कालोमोसो दलेका हुन् । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र अमर पुनले शर्मालाई कालोमोसो दलेका थिए । कालोमोसो दलिएका शर्मा मन्त्रालय भित्र मुख धोएर गाडीमा बाहिरिएका थिए ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘होहल्ला गरेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘त्यहाँ हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’

पछिल्लो समय शर्मा अध्यक्ष रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी असुल्न खोजेको भन्दैं विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुको समर्थन छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्