माघेसंक्रान्ति कै दिन जिप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु


banner

तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी हटिया भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । बन्दीपुर अस्पतालका अनुसार ज्या’न गु’मा’उनेमा ९ महिने बालिका आरुबी थापा, २४ वर्षीय रोशन गुरुङ, ४२ वर्षीया सुशीलादेवी न्यौपाने, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ७६ वर्षीया भीममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् । विममाया र सुकबहादुरको अस्पताल ल्याउदै गर्दा बाटोमा र अन्य चार जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घुमाउनेबाट धरमपानी आउदै गरेको ग १ ज ६५५५ नम्बर जिप सडकबाट अन्दाजी एक सय मिटर तल ख’स्दा दुर्घटना भएको हो । शुक्रबार राति साढे ८ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।

घाइते सबैको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थपको उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जिपको चालक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ । फाइल तस्विर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्