शक्तिशाली ज्वा’ला’मुखी वि’स्फो’टपछि सुनामीको चेतावनी



ज्वा’लामुखी वि’स्फो’टपछि न्युजिल्याण्ड, फिजी र टोंगासमेत कयौँ देशमा सुनामीको चेतावनी जारी गरिएको छ । उक्त ज्वा’ला’मुखी पानी मुनि भएको थियो ।

टोंगाको सामाजिक सञ्जालमा आइरहेको तस्बिरहरूमा पानीको छाल चर्च र कयौँ घरको माथिबाट बगिरहेको देख्न सकिन्छ । प्रत्यक्षदर्शीका अनुसार टोंगाको राजधानी नुकुअलोफामा ज्वा’ला’मुखीबाट निस्किएको खरानी जताततै खसिरहेका छन् ।

त्यहाँ बसोबास गर्ने जनतालाई अग्लो स्थानमा जानका लागि अपिल गरिएको छ । हुंगा टोंगा–हुंगा हापाई ज्वा’ला’मु’खीमा भइरहेको हलचलपछि यो सबैभन्दा ताजा वि’स्फो’ट हो ।

उता, फिजीको राजधानी सुवाका अधिकारीहरूले ८ मिनेटसम्म भएको ज्वा’ला’मु’खीको वि’स्फो’टको आवाज यति भीषण थियो कि त्यो आवाज ५ सय माइल पर रहेको फिजीसम्म सुनिएको थियो ।

टोंगाका भूगर्भ विभागका अनुसार ज्वा’लामु’खीबाट निस्किएको ग्यास, धुवाँ र बादल आकाशमा २० किलोमिटर माथिसम्म पुगेको थियो । टोंगाको राजधानी ज्वालामुखीबाट मात्र ६५ किलोमिटरको दुरीमा रहेको छ ।

अस्ट्रेलियाको मौसम विभागका अनुसार १.२ मिटर अग्लो सुनामी त्यहाँ दर्ता गरिएको छ । ज्वालामुखी विस्फोटले २३ सय किलोमिटर टाढा रहेको न्युजिल्याण्डमा पनि आँधीको चेतावनी जारी गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्