बुद्ध लामाले सार्वजनिक गरे छम छमी नाच्ने तामाङ् सेलो गीत (भिडियो हेर्नुस्)



काठमाडौ । प्रथम नेपाल आईडल बुद्ध लामा र सुमिना लो को स्वरमा नयाँ तामाङ् सेलो गीत “हामी त तामाङ् इमानदार“ म्युजिक भिडियो हालसालै बजारमा आएको छ । उक्त गीतमा गीतकार अशोक कुुमार तामाङ्को शब्द रहेको छ भने, संगीत प्रकाश तामाङ् तितुङ्गको रहेको छ। त्यसैगरि उक्त गीतमा संगीत सयोजन चाँद सिँहको छ भने, ध्वनी सम्पादन दिपेश प्रधानको रहेको छ ।

यो सेलो गीतले अन्य गीतहरु भन्दा केही पृथकता अगालेको र यसले तामाङ् गीत संगीत र संस्कृति विकासमा टेवा पुर्याउने कुरा यसै गीतका गीतकार अशोक कुमार तामाङ्ले व्यक्त गरेका छन् ।

चिरन्जिबी तामाङ्को प्रस्तुती रहेको म्युजिक भिडियोमा नायिका छुल्ठिम गुरुङ् डिमडुङ्ग र नायक समिर तामाङ्को बेजोड अभिनय रहेको छ। यसैगरी उक्त म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी अभि लामाको रहेको छ भने छायांकनमा उत्तम हुमागाई, ड्रोनमा बिशाल लामा र सम्पादन र रंग सम्पादनमा फराज अर्पन रहेका छन्। उक्त म्युजिक भिडियो लाई अरोमा ईन्टरटेन्टमेन्ट युटुब च्यानलबाट बजारमा उपलब्ध गराइएको छ ।हेर्नुहोस बाकि पुरा भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्