हिजो भन्दा संक्रमितको संख्या घट्यो, मृत्यु बढ्यो


banner

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ४६३६ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पीसीआर परीक्षणबाट ३७०३ र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना पुष्टि भएको हो।

२४ घण्टामा १४५५६ परीक्षण भएको छ। जसमा पीसीआर १० हजार ४१२ र एन्टिजेन ४ हजार १४४ भएको । ३५० जना कोरोनामुक्त हुँदा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। हिजोको तुलनामा संक्रमितको संख्या घटेपति मृत्यु भने बढेको छ । हिजो ५०८७ मा संक्रमण पुष्टि हुँदा ३ जनाको मृत्यु भएको थियो। सक्रिय सक्रमितको स‌ंख्या २१ हजार ५८४ पुगेको छ ।

मुलुकभर पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जना र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख ५० हजार २४५ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्