काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरेर बसेका सुन्दर र किसानको झोला चेक जाच गर्दा



धादिङ : गजुरी गाउँपालिका–२ मलेखु बजारबाट ला’गुऔ’ष’ध गाँ’जास’हित दुई जनालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ । प्रहरी चौकी मलेखुबाट खटिएको प्रहरी सहायक निरीक्षक सन्तोष खड्काको टोली पैदल गस्ती गर्दै जाने क्रममा मलेखु बजारबाट ला’गुऔ’ष’ध आठ किलो १३० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ मजुवाडाँडाका २१ वर्षीय सुन्दर तामाङ र १९ वर्षीय किसान परियार रहेका छन् । तामाङले बोकेको पछाडि भिर्ने झोलाभित्र चार किलोग्राट २०० ग्राम र परियारले बोकेको कालो लेदरको जस्तो देखिने पछाडि भिर्ने झोलाभित्र तीन किलो ९३० ग्राम ला’गुऔ’षध गाँ’जा फेला परेकाले ला’गुऔ’षध गाँ’जा बरामद गरी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो ।

पृथ्वी राजमार्गमाबाट ताल्ती आउने जाने सडकखण्डमा पृथ्वी राजमार्गको दक्षिण किनारामा झोला बोकी काठमाडौँबाट मुग्लिनतर्फ जाने गाडी कुरी बसिरहेकामा अवस्थामा प्रहरी टोली देखेपश्चात शङ्कास्पद व्यवहार देखाएकाले उनीहरूले बोकेको झोला र शरीरसमेत खानतलासी लिँदा ला’गुऔ’ष’ध फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूलाई प्रतिबन्धित ला’गुऔ’ष’ध ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्