आजको मौसम : तराईमा बाक्लो हुस्सु, दिउँसो सफा रहने




काठमाडौं : तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने तराईमा बाक्लो हुस्सु लागेको छ । हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको र दिउँसो मौसम सफा रहने महाशाखाले जनाएको छ । आज वर्षा र हिमपातको सम्भावना छैन ।

आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने महाशाखाले जनाएको छ । भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमापात हुने सम्भावना छ ।

त्यस्तै मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्