जापान र अमेरिकामा ठुलो सुनामी आउंदै, आफ्ना नागरिकहरुलाई सचेत रहन दियो निर्देशन


banner

न्युयोर्क : दक्षिणी प्रशान्तमा ज्वालामुखीपछि वि’स्फो’टका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरुलाई सावधानी दशाईएको छ ।

तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।

हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको अवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ ।

तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वालामुखीले पु¥याएको क्ष’तिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ ।

वि’स्फो’ट यति श’क्तिशा’ली थियो कि ८०० किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि आवाज आवाज सुनिएको थियो । साथै पछि टोंगामा ढुंगाको व’र्षा भएको बताइएको छ । पछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ ।

वि’स्फो’टको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो । घटनापछि टोंगा सरकारले देशबासीहरूलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ। उक्त वि’स्फो’टको दृश्य स्याटेलाइटमा पनि कैद भएको छ ।

स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेर १० मिनेटमा ज्वा’लामु’खी वि’स्फो’ट भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । र त्यसको २० मिनेटपछि सुनामी गएको थियो ।

घटनापछि टोंगामा हवाई सेवा बन्द गरिएको छ । आकासमा धुवाँ आउनासाथ हवाई सेवा बन्द गरिएको थियो । साथै ज्वा’लामु’खी वि’स्फो’ट’को क्षेत्र २६० किलोमिटर रहेको बताइएको छ । जसलाई ज्यादै ठूलो मानिन्छ ।

यस क्षेत्रमा यसअघि पनि पटक पटक ज्वा’लामु’खी वि’स्फो’ट भएको थियो । तर यस पटकको वि’स्फो’ट अघिल्लाभन्दा श’क्तिशा’ली रहेको बताइएको छ । यस क्रममा स्थानीयहरू भागेर घरको छतमा र जमिनको उच्च स्थानमा पुगेका थिए ।

१६९ प्रायद्वीप मिलेर बनेको सानो देश टोंगामा केही लाख मात्रै जनसंख्या छ । जसमध्ये ३६ वटामा मात्रै मानिसको बसोबास छ । संवैधानिक राजतन्त्रात्मक व्यवस्था भएको यस देशलाई किङगम अफ टोंगा पनि भनिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्