ध्रुवे हात्ती र गैंडाका कारण चितवन राष्ट्रिय निकुञ्जमा एक सैनिकको मृत्यु



चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ‘ध्रुवे’को आ’क्रम’बाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ। निकुञ्ज सुरक्षार्थ ख’टिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आ’क्रम’ण गरेको थियो। साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आ’क्रम’ण गरेको थियो। घाइते सैनिकको उपचारका क्रममा मृत्यु भएको हो। शनिबार साँझ सेनाको टोली साइकलमा गस्ती गएको थियो।

हात्तीले कु’ल्चिएपछि घाइते भएका जवानको भरतपुर अस्पतालमा उपचारका क्रममा शनिबार राति ११ः२० बजे मृत्यु भएको हो । साइकलमा गस्ती गइरहेका बेला ध्रुवेले आ’क्र’म’ण गर्दा उपचारका क्रममा जवानको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । ‘निकुञ्जको कोर इलाका ध्रुव क्षेत्रमा अचानक आएर हात्तीले आ’क्रम’ण गरेको हो’, उनले भने, ‘उनी खड्ग दलमा अमलदारमा कार्यरत थिए । नामै खुलाउँदा परिवारलाई नराम्रो होला ।’

केहि दिनदेखि गाउँमा निस्किएर पोल ढा’ल्ने, धान तान्ने गरेको थियो’, निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले भने, ‘साँझपख निकुञ्जको नाकामा कुर्न जाँदा खेरी हात्तीसँग झ’म्काभेट भएछ । हात्तीले ढा’डमा कु’चेछ ।’ हात्तीले कु’ल्चि’एपछि जवानको ढा’ड भाँ’चि’एको थियो । सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार थापाको शव अहिले भरतपुर मेडिकल कलेजमा राखिएको छ।

ध्रुवेले पाँच वर्षअघि नेपाल र भारतका विभिन्न स्थानमा १५ जनाको ज्या’न लि’एको थियो । ध्रुवे आ’क्रा’मक बन्न थालेपछि निकुञ्ज नजिक बस्ती भएका र निकुञ्जको बाटो भएर भरतपुर माडी आवतजावत गर्ने नागरिकमा त्रास बढेको छ ।

त्यस्तै गैंडाको आ’क्रम’णबा’ट पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । शनिबार राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनमा घाँस का’ट्न गएका भरतपुर महानगरपालिका-२८ गोलाघाटका ६० वर्षीय सुकबहादुर कुमाललाई गैंडाले आ’क्रम’ण गरेको थियो ।

अचेत अवस्थामा फेला परेका कुमालको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय भीमसेन कुमालले जानकारी दिए । घाँस का’ट्न गएका सुकबहादुर अबेरसम्म पनि घर नफर्किएपछि स्थानीयहरू उनको खोजीमा गएका थिए ।

सुकबहादुरको श’रीरमा ला’गेको चो’टका आधारमा गैंडाले नै उनलाई आ’क्र’म’ण गरेको हुन सक्ने अनुमान गरिएको भिमसेनले बताए । मृतकको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । यस विषयमा निकुञ्जलाई भने केहि जानकारी नरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । घटनाको विषयमा अब बुझ्ने काम हुने उनले प्रतिक्रिया दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्