धादिङ घटनामा वेपत्ता मध्य एक जनाको शव फेला, यसरी खोज्दैछन् सुरक्षाकर्मी




काठमाडौ । धादिङमा शुक्रवार अघि भएको दुर्घटनामा बेपत्ता भएका ३ जना मध्य एक जनाको मात्र शव फेला परेको छ । धादिङको रुबीभ्याली गाउँपालिका( १ मा बाटो ख न्ने क्रममा पहिरो खस्दा डोजर पुरीएको थियो । डोजरमा रहेका ३ जना वेपत्ता भएका हुन् ।

सुरक्षाकर्मीले ३ दिन देखि उनीहरुको खोजी थालेको छ । शनिवार डोजरको टुप्पो मात्र देखिएको थियो । आइतवार सम्म एक जनाको शव फेला परेको उद्दारमा संलग्नहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले एकजनाको शव भेटिएको जनाएको छ। प्रहरीका अनुसार डोजर सहचालक काभ्रेका १९ वर्षीय राजु तामाङको शव फेला परेको हो।

अन्य दुईजनाको अवस्था भने अज्ञात छ। पुस २९ गते बिहान साँढे ८ बजेतिर बाटो खन्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका थिए। बेपत्ताहरुको खोजि भइरहेको प्रहरीले बताएको छ।

यो पनि , प्रदेश २को स्थायी राजधानी वीरगन्जलाई बनाउन माग गर्दै यहाँका युवाहरुले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि धर्ना दिदै प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहान युवाहरुले धर्ना दिँदै प्रदर्शन गरेका हुन्।

लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ।

मुख्यमन्त्री राउत वीरगन्जकै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै यहाँका युवाहरुले मुख्यमन्त्री विरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनको अगुवाइ गरेका लोसपा पर्साका उपाध्यक्ष सुजित गिरीले वीरगन्जलाइ राजधानी बनाए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्