वतास समुह विरुद्ध मन्त्री आलेको अर्को एक्सन, पशुपति धर्मशालामा के-के हुँदैछ ?



काठमाडौ । केही दिन यता मिडियामा चर्चामा आएको वतास समुह विरुद्ध संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले अनुसन्धानमा जुटेका छन् । उनले बतास अर्गनाइजेशनबाट सञ्चालित पशुपति धर्मशालाको पनि निरीक्षण गर्दै छन् । नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेको सो समुह विवादित भएपछि चर्चामा आएको हो ।

तत्कलिन पर्यटन मन्त्री योगेश भट्टराइको निर्देशनमा सो समुहले दरवार परिसरमा क्याफे संचालनको अनुमति पाएको बताइएको छ । तर भट्टराईले सो कुरा अस्विकार गरेका छन् । मन्त्री आलेले सो कुराको पनि अनुसन्धान हुने र दो षीलाई कारवाही हुने बताएका छन् । बतास समुहलाई कुनै पनि हालतमा दरवार परिसरमा क्याफे संचालन गर्न नदिने प्रतिवद्धता जनाएका छन् ।

सो घटना पछि बतास समुहले गरेका हरेक कामको निगरानी गर्दै आएका मन्त्री आले आइतबार पशुपति क्षेत्र निरीक्षणका लागि पुगेका छन् । बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएको छ । धर्मशाला भाडामा लिएर महँगो होटल चलाएको भन्दै बतास समूहको आलोचना भएपछि मन्त्री आले निरिक्षणमा पुगेका हुन् ।

पशुपतिनाथ दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्र (तिलगंगा)मा धर्मशाला बनाइएको छ । भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ, जहाँ बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्ने गुनासो धर्मावलम्बीहरुले गरेका छन् ।

यो धर्मशालामा महँगो होटल मात्रै छैन, बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्