नेपालका २ महिला क्रिकेट खेलाडीले पाए अन्तराष्ट्रिय अवसर, झण्डै ६ लाख पारिश्रमिक पाउने



काठमाडौ । नेपाली महिला क्रिकेटले पनि अन्तराष्ट्रिय अवसर पाउन थालेको छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले हङकङको टी-२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन्। यो महिला क्रिकेटका लागि राम्रो अवसर हो । फेयर ब्रेक इन्भिटेसनल २०२२ प्रतियोगिताका लागि रुविना छनोट भएकी हुन्। यस अघि उपकप्तान सीता मगरले अवसर पाएकी थिइन् । अहिले कप्तान रुविना जाने भएकी हुन् ।

महिलालाई समाजको मुल धारमा ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । फेयर ब्रेक इन्भिटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यताप्राप्त महिला टि(२० क्रिकेट प्रतियोगिता हो।

यो प्रतियोगिता आगामी मे १ देखि मे १५ हुनेछ। ६ टिम सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकी सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरूको सहभागिता रहनेछ। लैङ्गिक समानता र महिलालाई समाजको मूलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताका लागि यसअघि राष्ट्रिय टिमकी उपकप्तान सीता राना मगर पनि छनोट भएकी थिइन्।

दुवै जनाको पारिश्रमिक ५ हजार डलरको हाराहारीमा हुने र थप म्याच फि पाउने बताइएको छ। दुवैले प्रतियोगितामा कुन टोलीबाट खेल्ने भन्ने बारे टुंगो लाग्न बाँकी छ।

यो पनि, भारतीय टेस्ट क्रिकेट टिमका कप्तान विराट कोहलीले राजीनामा दिएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तानीबाट राजीनामा दिएको बताएका हुन्। सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले आफूले यस अवधिभर इमानदारितापूर्वक काम गरेको बताए। ‘यात्राका क्रममा धेरै आरोह अवरोह आए तर त्यसलाई डग्मगाउन दिइनँ’, विज्ञप्ति जारी गर्दै उनले भनेका छन्।

उनले आफूलाई कप्तानीको अवसर दिएको भन्दै भारतीय क्रिकेट नियन्त्रण बोर्डलाई धन्यवाद दिएका छन्। दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट उनले राजीनामा दिएका थिए।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्