ओमिक्रोनवारे अर्को खुलासा! संक्रमित हुँदा पनि जोखिम कम, एन्टीबडी ६ महिना भन्दा बढी कायम रहन्छ



एजेन्सी । कोभिडले नयाँ भेरियन्ट बनाउँदै फैलन लागेपछि यसवारे विज्ञहरुले अनुसन्धान सुरु गरेका छन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निकै संक्रमक भाइरस मानिएको छ । यो भेरियन्टले भारत पछि अहिले नेपालमा पनि महामारीको रुप लिन सक्ने देखिएको छ । तर ओमिक्रोनका बारेमा विज्ञहरुले सुखद खबर सार्वजनिक गरेका छन् ।

विशेषज्ञका अनुसार ओमिक्रोनको मामिलामा हालसम्म गम्भीर लक्षण भने देखिएको छैन् । साथै ओमिक्रोनबाट निको हुनेहरुको प्रतिरोधी क्षमता पनि राम्रो हुनेछ । विज्ञका अनुसार नयाँ भेरियन्ट निको भएपछि मानिसको शरिरमा प्रतिरोधि क्षमताको राम्रो विकास भएको छ । यो क्षमता कम्तिीमा ६ महिना सम्म रहन्छ ।

अन्तराष्ट्रिय मिडियामा उल्लेख भए अनुसार ओमिक्रोन संक्रमणपश्चात् बन्ने कोरोनाभाइरस एन्टीबडी ८८ प्रतिशत मामिलामा कम्तीमा ६ महिनासम्म शरीरमा रहन्छ । विशेषज्ञका अनुसार यो एन्टीबडीले कोभिड संक्रमणमा परेका मानिसलाई सुरक्षा प्रदान गर्छ । ६ महिना बितेपछि यी एन्टीबडीको प्रोटेक्सन रेट ७४ प्रतिशतसम्म खस्कन्छ ।

युनिभर्सिटी अफ इस्ट एन्जिलियाका इन्फेक्सियस डिजिज एक्सपर्ट प्राध्यापक पल हन्टरले भने, ‘ओमिक्रोन वा अन्य कुनै पनि भेरियन्टले तपाईंको प्रतिरोधी क्षमतालाई उत्कृष्ट बनाउँछ । त्यसपछि यही इम्युनिटी त्यो भेरियन्टविरुद्ध बढी असरदार बन्ने गर्छ । यद्यपि, यसले अन्य व्यक्तिलाई संक्रमित गर्न त्यतिबेला पनि जारी राख्छ ।’ संक्रमित व्यक्तिमाथि भएको शोधका अनुसार भाइरसको चपेटामा आएका बिरामीको शरीरमा एन्टी–एन एन्टीबडिज पाइएका छन् र त्यसैले निको भएपछि उनीहरुको शरीरमा भाइरसको खासै कुनै प्रभाव देखिँदैन

ओमिक्रोनजस्ता बढी नै म्युटेट भएका भेरियन्टविरुद्ध खोपको प्रभावकारीता भने कम पाइएको छ । यद्यपि, बुस्टर डोजले यसविरुद्ध निकै हदसम्म सुरक्षा प्रदान गर्छ । साउथेम्पटन युनिभर्सिटी हस्पिटल सेन्टर फर क्लिनिकल रिसर्चका प्राध्यापक सल फास्टले भने, ‘हाम्रो शोधमा सबै भ्याक्सिन इम्युनिटी बुस्ट गर्न प्रभावकारी भएको देखाउँछ ।’ तर विज्ञहरुले लगातार वुस्टर डोज नलगाउन सुझाव दिएका छन् । यसले रोग प्रतिरोधी क्षमता घटाउने उनीहरुको भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्