ध्रुवे हात्तीले हा ने र निकुञ्जका अमल्दारको निधन



काठमाडौ । निकै आ क्रा मक रहेको ध्रुवे हात्तीका कारण एक जना अमल्दारको निधन भएको छ । चितवनमा निकुञ्ज सुरक्षार्थ खटिएको खड्गदल गणमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको निधन भएको हो । उनलाई ध्रुवे हात्तीले हा नेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते थापाको उपचारका क्रममा शनिवार राति ११ बजे पुरानो मेडिकल कलेजमा निधन भएको हो । कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार बागलुङ घर भई खड्गदल गणमा कार्यरत ३५ वर्षीय थापा शनिवार साँझ ६ बजे निकुञ्ज सुरक्षार्थ साइकल गस्तीमा निस्किएको समयमा उनलाई निकुञ्जमै जंगली हात्ती धुर्वेले आ क्र म ण गरेको थियो ।

यो पनि, प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

सभामुख सरोजकुमार यादवका संयोजकत्वमा गठित समितिले प्रदेशको नाम र राजधानीको सन्दर्भमा विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग भएका छलफलका निर्णयसहितको प्रतिवेदन आजको बैठकमा पेस गर्ने प्रस्तावित कार्यसूची छ । यसपछि प्रदेशसभामा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए।

प्रदेशसभाद्वारा सभामुखको नेतृत्वमा गठन गरेको विशेष समितिले प्रदेशको नाम र राजधानीमा समिति जुटाउन नसकेपछि विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव मतदानबाटै टुङ्गो लगाउने सहमति भएको नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता भरतप्रसाद साहले बताए ।

सो समितिको पहलमा पटक पटक बसेको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्ताव सहमति जुट्न नसकेपछि ती सबै प्रस्तावहरु मतदानमै लैजाने सहमति भएको आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत रहेका उनले जानकारी दिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्