फिल्म ‘पुष्पा’ हिट भएपछि अभिनेत्री रश्मि पारिश्रमिक ह्वात्तै बढाइन्, रश्मिकाको हातमा फिल्म नै फिल्म



काठमाडौं । अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म साबित भइसकेको जनाईएको छ। फिल्मले बक्स अफिसमा पैसा संकलनको काम जारी भैराखेको छ । पेन इन्डियाको फिल्मलाई भारतभर रुचाइएको छ ।

दर्शकहरू अल्लूको अभिनयबाट जति फिदा भएका छन्, अभिनेत्री रश्मिकाको प्रस्तुतिबाट उत्तिकै मोहित छन् । सुकुमार निर्देशित फिल्मको दोस्रो संस्करणका निर्माणका लागि निर्माताहरू जुटिसकेका छन् । निर्माताहरूले फिल्मको सिक्वेलको रूपमा ‘पुष्पाः द रुल’ बनाउँदैछन् ।

समाचारअनुसार फिल्मको सिक्वेलका लागि रश्मिकाले आफ्नो पारिश्रमिक बढाएकी छन् । उनले ‘पुष्पाः द राइज’मा दुई करोड पारिश्रमिक लिएकी थिइन् । अब उनी यो पारिश्रमिकमा एक करोड बढाएर तीन करोड लिँदैछिन् ।राजधानि दैनिकमा खबर छ । निर्माताहरू पनि उनको निर्णयमा सहमत छन् । रश्मिकाको फिल्मी करियर यो पारिश्रमिक अहिलेसम्मकै सर्वाधिक बढी हो ।

सिक्वेलको आगामी फेब्रुअरीमा सुटिङ सुरु हुँदैछ । फिल्म सन् २०२२ को अन्त्यसम्ममा रिलिज हुनेछ । कामको कुरा गर्दा रश्मिका चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । उनी सिद्धार्थ मल्होत्राका साथ फिल्म ‘मिसन मजनू’मा देखिँदैछिन् । यसबाहेक उनी बलिउड फिल्म ‘गुडबाय’को हिस्सा पनि हुँदैछिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्