जापान र अमेरिकामा सुनामी आउन सक्ने बैज्ञानिकको चेतावनी



जापानको मौसम विज्ञान एजेन्सीले यहाँ सुनामी आउन सक्ने चेतावनीयुत्तः सन्देश जारी गरेको छ। जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो।

टोंगामा ज्वा’लामु’खी वि’स्फो’ट भएको थियो। शनिबार त्यहाँ शक्तिशाली ज्वा’ला’मुखी वि’स्फो’ट भएपछि यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो। दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार वि’स्फो’ट भएको ज्वा’ला’मुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो।

दक्षिणी प्रशान्त सागरमा ज्वा’ला’मुखीपछि वि’स्फो’टका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरुलाई सावधानी गराएका छन् । तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ ।

हुंगा तोंगा–हुंगा हापाई ज्वा’ला’मुखी वि’स्फो’टको अवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ । तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । ज्वा’ला’मुखीले गरेको क्षतिको पुरा विवरण सार्वजनिक हुन बाँकी नै छ । एजेन्सी

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्