लिपुलेकमा सडक विस्तार गरेको बारे बोल्यो भारत, दियो यस्तो प्रतिकृया



काठमाडौ । केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी रहेको लिपुलेकमा भारतले सडक विस्तार गरेको अभिब्यक्ति दिएपछि त्यसवारे नेपालले विरोध गर्नुपर्ने आवाज उठेको थियो । नेपालले कुटनीतिक ढंगले भारतसंगको सिमानाको समस्या समाधान गर्नुपर्ने र भारतीय प्रधानमन्त्रीको सो भनाईको वारेमा प्रतिकृया दिनुपर्ने आवाज उठेको थियो ।

नेपाली भूमीमा भारतले सडक विस्तार गर्दा समेत सरकार केही नबोलेको भन्दै आवाज उठेको बेलामा भारतले नै त्यसवारे प्रतिकृया दिएको छ । भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक रूपमा यथावत र स्पष्ट रहेको बताएको छ ।

भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे काठमाडौंस्थित भारतीय राजदूतावासले दुई मुलुकबीच स्थापित अन्तर सरकारी संयन्त्रहरू वार्ता तथा संवादका लागि सबैभन्दा उपयुक्त माध्यम हुन् भन्ने धारणा प्रष्ट्याएको छ ।

दुई देशबीचको सीमाका विषयमा आफ्नो धारणा नेपाल सरकारलाई अवगत गराएको जनाउँदै दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ । यद्धपी लिपुलेक क्षेत्रमा भारतले सडक विस्तार गरेको कुरालाई भने सो विज्ञप्तीमा केही उल्लेख छैन ।

यो पनि, ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाएको छ । परराष्ट्रमन्त्री डा। नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई शनिवार अफगानिस्तानको राजधानी काबुल पठाएका छन् ।

उनले अन्तर्राष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको ची त्का र सुनेपछि आफूले नेपाल सरकारले तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको स्पष्ट पारे ।

मन्त्री खड्काले नेपालले आफ्नै विमानमार्फत् उपलब्ध गराउने यो मानवीय सहायता इतिहासमै पहिलो भएको बताए । हिमालय एयरलाइन्सको जहाजमार्फत सरकारले मानवीय सहयोग पठाएको हो । उनका अनुसार काबुलमा त्यहाँस्थित संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई नेपालले सो मानवीय सहायता सामग्री हस्तान्तरण गर्नेछ । नेपालले हस्तान्तरण गर्ने सहायता सामग्रीहरुमा औषधि उपचार, लत्ता कपडा र अन्य आवश्यकीय घरायसी सामानहरु रहेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्