२० बर्षिय युवतीलाई ३ जना मिलेर …..



काठमाडौं । जागिर दिने बहानामा एक युवतीमाथि सामूहिक क’र’णी भएको छ । महिलाको उजुरीको आधारमा प्रहरीले ठेकेदारसहित तीनजनावि’रु’द्ध मुद्धा दर्ता गरेको हो । घटना भारत, हरियाणाको जीन्द जिल्लाको हो । प्रहरीलाई दिएको उजुरीमा राजस्थानको सवाई मधेपुर जिल्लाकी २० वर्षीया युवतीले आफ्नो राजस्थान निवासी चरण सिंह मीनासँग चिनजान भएको बताएकी छन्, जसले जिन्दमा ठेक्कामा ढुं’गाको काम गर्थिन् ।

मीनाले युवतीलाई काम दिने वाचा गर्दै जिन्द ल्याइन् र रेलवे स्टेशन नजिकै भाडामा कोठा लिएकी थिइन् । उजुरीका अनुसार १८ डिसेम्बरमा महिलाका श्रीमान काममा गएका थिए । यसैबीच ठेकेदार चरण सिंह र अन्य दुई जना सोनु र शरीफ उनको कोठामा आएर ज’बरज’स्ती सामूहिक क’र’णी ग’रे’का हुन् । तीनै जनाले २० डिसेम्बरमा पनि महिलालाई सामूहिक क’र’णी ग’रे’को बताइएको छ ।

घटनाबारे कसैलाई बताएमा गम्भीर परिणाम भोग्ने ध’म्की समेत उनीहरुले दिएका थिए । जानकारी अनुसार पीडित युवतीले आफ्नो गाउँ फर्केर सवाई माधोपुरको गगनपुर प्रहरी चौकीमा तीनै जनाविरुद्ध उजुरी दिएकी हुन् । प्रहरीले यस सम्बन्धमा मुद्धा दर्ता गरी जिन्दको सम्बन्धित प्रहरी चौकीमा पठाएको छ । जीन्द शहर प्रहरी चौकी प्रमुख दिनेश कुमारले गगनपुर थानाबाट प्राप्त शून्य एफआईआरको आधारमा ठेकेदार सहित तीन जना विरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

यो पनि,  बागलुङ नगरपालिकाले आफ्ना संस्थापक नगर प्रमुखका स्मृतिमा गरिबसँग ऋृषिराम कार्यक्रम सञ्चालन र स्मृतिद्वार निर्माण गरेको छ । बागलुङ नगरको पहिलो जननिर्वाचित नगरप्रमुख ऋषिराम शर्मा हुनहुन्थ्यो । उहाँको अर्धकदको शालिक तथा स्मृतिद्वार निर्माण गरेको नगरप्रमुख प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नगरपालिकाले नगरका असहाय र विपन्नलाई सहयोग गर्नै उद्देश्यले ‘गरिबसँग ऋषिराम कार्यक्रम’ अन्तर्गत करिब रु एक करोडको अक्षय कोष स्थापना गरेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को रु पाँच लाख र आर्थिक वर्ष २०७६÷७७ मा विनियोजित रु छ लाख र स्थानीयको रु दुई लाख बराबरको श्रमदानमा गरी रु १३ लाखको लागतमा स्मृतिद्वार निर्माण गरिएको बागलुङ नगरपालका इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो । विसं २०५४ देखि ५९ सम्म जननिर्वाचित पहिलो नगरप्रमुख भएर शर्माले बागलुङ नगरवासीका लागि ऐतिहासिक योगदान गर्न सफल भएको जनाउँदै उहाँको स्मृति तथा सम्मानमा बागलुङ नगरपालिका–४, कुडुँलेको तिरुपती चोकमा स्मृतिद्वार निर्माण गरिएको हो ।

“नगरको संस्थागत विकासका लागि उहाँले अगाडि सारेका योजना निकै दूरदर्शी पाइयो, उहाँले विकास निर्माण शुरुगरेको स्थानमै स्मृतिद्वार निर्माण गरिएको हो,” नगरप्रमुख पौडेलले भन्नुभयो, “उहाँको बहुआयामिक योगदानको नगरले सधैँ स्मरण गर्न पाइयोस् भनेर उहाँले नगरपालिकाको चक्रपथको सुरुआत गरेको स्थानमा नै स्मृतिद्वार निर्माण गरेका हौँ ।”

नगरपालिकाले नगरका नौ योजना संशोधन गरेर बजेट बाँडफाँड गरेको छ । नगरपालिकाको १०औँ नगरसभामार्फत नौं योजना संसोधन गरेर बजेट थपघट गरेको छ । नगरपालिकाले रु एक करोड ९८ लाखको बजेट संशोधनअन्तर्गत नौवटा योजनामा बजेट थपघट गरिएको छ । नगरपालिकाले विद्यालय कर्मचारीको तलब न्यूनतम १३ हजार पाँच सय पु¥याउनका लागि रु.५४ लाख बजेट थप गरिएको छ । कोरोना कोषमा रु ८६ लाख बजेट रहेकामा त्यसबाट रु ६० लाख घटाएर रु २६ लाख मात्रै राखिएको छ । खेलकुद तथा विविध कार्यक्रका लागि पाँच लाखमा दुई लाख बजेट थपी रु सात लाख बजेट व्यवस्था गरिएको छ ।

रेडक्रस सोसाइटीको सामग्री व्यवस्थापन अनुदानका लागि दुई लाख, विभिन्न पुरस्कार सम्मानका लागि रु.पाँच लाख, वीरेन्द्र ऐश्वर्य पार्क निर्माणका लागि रु.४० लाख बजेट थप गरिएको छ । नगरपालिकाले सवारी साधन खरिदका लागि विनीयोजन गरेको रु ७० लाखमा ५८ लाख घटाएर रु १२ लाख मात्रै राखिएको छ । एकीकृत शहरी विकास कार्यक्रमको बजेट आठ लाख रुपैयाँ घटाईएको छ । विपद व्यवस्थापन कोषमा रु ७४ लाख रुपैयाँ रहेकामा ३० लाख घटाएर ४४ लाख मात्रै राखिएको छ ।

नगरपालिकामा देखिएको रु १८ करोड ५९ लाख ७२ हजार बेरुजु नियमित गर्नेगरी लेखा समिति संयोजक कमल खड्काले प्रस्ताव गरेको प्रस्ताव पारित गरिएको छ । नगर सभामा नगर उपप्रमुख सुरेन्द्र खड्काले विभिन्न शीर्षकमा रहेको बजेट रकमान्तरण गर्ने बजेट संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । नगरसभाबाट नगर प्रहरी ऐन संशोधन प्रस्ताव पारित गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्