कोभिडको नयाँ भेरियन्ट बढेसंगै त्रिविले परिक्षाका बारेमा लियो यस्तो निर्णय



काठमाडौ । कोभिडको नयाँ भेरियन्ट सहितको महामारी बढेसंगै अहिले सबै विद्यालय बन्द छन् । सार्वजनिक स्थलहरु पनि बन्द गरिएका छन् । सिनेमा हल, रेष्टुरेन्टहरुमा पनि कडाइ गरिएको छ । यस्तो अवस्थामा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लिने गरेका परीक्षा के हुन्छ भन्ने कुरामा सबैको चासो छ ।

कोभिड संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरिसकेको छ । सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ ।

त्रिविमा हाल जाडो बिदाले विश्वविद्यालय बन्द भए भएका छन् । तर त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेका परिक्षा भने नरोकिने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रनको संक्रमित बढ्दै गएपछि त्रिविले सञ्चालन गर्ने परीक्षा के होला भन्ने विद्यार्थी र अभिभावकमा चासो छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परिक्षा नरोकिने बताएका छन् । सरकारले यस वारेमा छ छुट्टै निर्देशन नदिएसम्म परीक्षा सञ्चालन हुने जानकरी दिए । सुरक्षा अपनाएर परिक्षा संचालन गर्ने बताए ।

त्रिविको तालिकाअनुसार यो महिनाभर परीक्षा हुनेछ । त्रिविले सञ्चालन गरेको परीक्षा ४ माघमा सकिँदैछ भने माघ (५–१९) सम्म विज्ञान संकायको परीक्षाको तालिका सार्वजनिक भइसकेको छ । १० माघमा एलएलबीको परीक्षा हुनेछ ।

यो पनि, सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको आइतबारका लागि तय गरिएको खेल स्थगित भएको छ।
च्यासल युथ क्लबका अधिकांस खेलाडीलाई संक्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। च्यासलले आफ्ना १९ जना खेलाडीलाई कोरोना लागेपछि पुलिसविरूद्धको खेल स्थगित गर्न एन्फासँग अनुरोध गरेको थियो।

त्यसपछि एन्फाको लिग कमिटीले मेडिकल कमिटीसँगको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको थियो। नवौं चरणको यो खेलको मिति केही दिनपछि तय गरिनेछ। दुईबीच आज ४स्४५ मा खेलहुने तय थियो। एन्फाले न्युरोड टिम र जावलाखेल युथ क्लबबीच हुने सोमबारको खेल तोकिएकै समयमा हुने जनाएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्