मुख्यमन्त्री राउतलाई गद्दारको आरोप लगाउँदै घर अगाडी युवाहरुको प्रर्दशन


banner

काठमाडौ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको घरअगाडि केही युवाहरूले प्रदर्शन गरेका छन् । प्रदेश राजधानी वीरगञ्ज तोक्नुपर्ने मागसहित उनीहरूले प्रदर्शन गरेका हुन् । वीरगन्ज महानगरपालिका—१३ तेजारथ टोलस्थित मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि आइतबार बिहानै युवाहरु व्ब्यानर बोकेर युवाहरु पुगेका थिए । विरोधका क्रममा ग द्दा रको आरोपसमेत लगाए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का युवा नेताहरुको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीहरुले वीरगन्जलाइ राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइँदैन, वीरगन्जवासी जिन्दावाद लगायतका नारा पनि लगाएका थिए। प्रदेश २ को स्थायी राजधानी टुङगो लगाउन प्रदेशसभामा सोमबार मतदान हुँदैछ। प्रदेश राजधानीका लागि अहिलेको अस्थायी राजधानी जनकपुरधाम र वीरगन्जगरी दुईवटा फरक—फरक प्रस्ताव पेश भएको छ।

मुख्यमन्त्री राउत वीरगन्जकै भएपनि राजधानी जनकपुर बनाउन लागि परेको भन्दै यहाँका युवाहरु विरोधमा उत्रिएका हुन् । प्रदर्शनको अगुवाइ गरेका युवाहरुले वीरगन्जलाइ राजधानी बनाए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए।

मुख्यमन्त्री राउतले मुख्यमन्त्रीको पद जोगाउन वीरगन्जलाइ धो का दिएर जनकपुरलाइ स्थायी राजधानी बनाउन लागि परेको उनीहरुको आरोप छ । यसअघि गत मङगलबार नेपाली काँग्रेसलेपनि वीरगन्जलाइ राजधानी बनाउन माग गर्दै वीरगन्जमा बृहत दवाबमुलक जुलुश प्रदर्शन गरेको थियो।

यस्तै लोसपाकै वीरगन्जका नेताहरुले पनि वीरगन्जमा जुलुश प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री राउत र लोसपाका संसदीय दलका नेता एंव पूर्वमन्त्री जितेन्द्र सोनललाइ ज्ञापन पत्र बुझाएका थिए। मुख्यमन्त्री राउतको दल जसपा जनकपुरधामलाई राजधानी बनाउने पक्षमा छ । मधेश आन्दोलनमा धेरै योगदान गरेकोले वीरगञ्जमै राजधानी तोक्नुपर्ने अडान गरिँदै आएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्