काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, एक घाइते




काठमाडौँको कलङ्कीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा बा ६ ख १४५९ नम्बरको बसले प्रदेश ०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार रुकुम बुढाउत्तर गाउँपालिका–१० का २१ वर्षीय सङ्गीत बुढामगरको मृत्यु भएको हो ।

बसको ठक्करबाट सख्त घाइते बुढामगरको उपचारका क्रममा शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना पछि फरार बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै धारामा कपडा धाेइरहेका दुईजनालाई बाेलेराेले ठक्कर दिँदा दुईजना गम्भीर घाइते भएका छन् । सिद्धचरण नगरपालिका-२ निशंखेस्थित धारामा कपडा धाेइरहेका चण्डिका फुयाँल र रूपा दाहाललाई सडकमा गुडिरहेकाे बाेलेराे ब्रेक फेल भएर ठक्कर दिएकाे थियाे ।

ना१ज ४९५१ नम्बरकाे नाैजना यात्रु बाेकेकाे बाेलेराे ब्रेक फेल भएर अनियन्त्रत हुँदा धारामा कपडा धुने ब्यक्तिलाई ठक्कर दिन पुगेकाे जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक उद्धव पाेखरेलले जानकारी दिए ।

उनका अनुसार अन्य यात्रुलाई भने सामान्य चाेट लागेकाे छ । गम्भीर घाइते दुईजनालाई उपचारका लागि सामुदायिक अस्पताल मिसन पठाइएकाे छ । चालक तथा सवारी नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्