विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई संक्रमणको पुष्टी



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई  संक्रमण भएको उनले आफ्नो फेसबुक मार्फत सार्बजनिक गरेका छन ।

उनले सामाजिक सञ्जालबाट आफूलाई संक्रमण पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका हुन् । उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।

उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको त्यसतै:-

बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरसको विगविगी!

म पनि Corona Positive देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी/शुभेच्छुकहरूलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु।अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ।

यो पनि, च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।

च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग कमिटीले मेडिकल कमिटीसँग सल्लाह गरी खेल स्थगितको निर्णय गरेको हो । यसअघि च्यासल र पुलिसबीचको खेल आज दिउँसो ४ः४५ बजे हुने तय भएको थियो । सो खेलको नयाँ मिति चाँडै तय गरिने एन्फाले जनाएको छ ।

लिगअन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच पूर्वनिर्धारित समयअनुसार नै हुने छ । पुलिस आठ खेलबाट सात अङ्क जोड्दै ११औँ स्थानमा तथा सात खेल नै खेलको च्यासल पाँच अङ्कका साथ १३औँ स्थानमा छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्