इलामको चिया कारखानामा भिषण आगलागी




काठमाडौ । इलाममा भिषण आगलागी भएको छ । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा ठूलो धनको क्षती भएको छ । । आ गोले कारखानासहित मेसिन औजार र तयारी चिया सबै ज लेर न ष्ट भएको छ।

सूर्योदय नगरपालिकाका दुईवटा वारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, स श स्त्र प्रहरी र स्थानीयले आ गो निभाउने प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।दिउँसो तीन बजेदेखि सुरु भएको आगलागीको कारण खुलेको छैन । आ गो निभाइसकेपछि मात्र क्षतिको विवरण सङ्कलन गरिने प्रहरीले जनाएको छ ।

यो पनि सरकारले कोभिड सङ्क्रमण उच्च हुँदै गएपछि स्वास्थ्य मापदण्ड कडा बनाउँदै लगेको छ । आइतवार देखि फेरी नयाँ नियम लागू भएको छ । कोभिडको जोखिम बढेको भन्दै माघ १५ गतेसम्मलाई मनोरञ्जन क्षेत्र बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ सम्म चलचित्र हल, रात्रिकालीन सबै प्रकारका व्यवसाय र जिम हलहरू बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै धेरै जना भिडभाड हुने गतिविधी पनि माघ मसान्तसम्म नगर्ने, बैठक, गोष्ठि, समीक्षा, जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने र भौतिक रुपमै उपस्थित भएर गर्नुपरेमा एण्टिजेन परीक्षण गर्ने र जनस्वास्थ्यका मापदण्डको पालन गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्