शुक्रवार देखि आइसोलेशनमा बसेका प्रचण्डको यस्तो आयो पिसिआर रिपोर्ट




काठमाडौ । कोभिड संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संक्रमण मुक्त भएका छन्। उनले दोस्रो पटक पिसिआर गराएका छन् । आइतबार पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ।

प्रचण्डलाई अघिल्लो शुक्रबार पिसिआर परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको थियो। त्यसपछि प्रचण्ड निजी निवासमा होमआइसोलेसनमा बसेका थिए। नेकपा माओवादीको महाधिवेशन पछि अधिकांश नेताहरुलाई कोभिड भएको छ । अहिले अन्य पार्टीका नेताहरुमा पनि संक्रमण फैलिएको छ । नेता र केही मन्त्रीहरुमा समेत कोभिड पुष्टि भएपछि प्रधानमन्त्री शेरवहादुर देउवा समेत आइसोलेशनमा बसेका छन् । उनले सबै भेटघाट बन्द गरेका छन् ।

यो पनि सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरी यस्तो निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताए।

गोष्ठी, सेमीनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमद्वारा गर्ने तथा भौतिकरूपमा उपस्थित भई गर्नुपर्ने काम जनस्वास्थ्यका मापदण्ड पालना र एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्र रहने गरी सञ्चालन गर्न अनुमति दिने आदेशमा उल्लेख छ।

आदेशमा त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा ७ गतेपछि त्यस्तो कार्यक्रम पूर्णखोप लगाएका व्यक्ति मात्र उपस्थित हुने व्यवस्था मिलाउन पर्नेछ। सरकारले सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, हेल्थ क्लब, जीम, स्वीमिङ पुल, फुटसल, हाटबजार र मानिसको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम यही माघ १५ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्