महामारी यो वर्षको अन्त्यसम्म समाप्त हुने विज्ञको दाबी



चीनले भाइरस पत्ता लगाएको घोषणा गरेको दुई वर्ष बितेको छ। सन् २०१९ को डिसेम्बर ३१ यता विश्व तीव्र गतिमा बदलिएको छ। उक्त परिवर्तन हामीलाई उपलब्ध स्वास्थ्य सेवादेखि हाम्रो काम गर्ने शैलीमा देखिएको छ।

महामारीको सुरुवातको समयमा हर्ड इम्युनिटी अर्थात् सामूहिक प्रतिरोधी क्षमताको विकास गरी कोभिडसँग जुझ्न सकिने धारणा व्यक्त भएका थिए।त्यसबेला सङ्क्रमण वा खोपका कारण बिस्तारै भाइरसबाट जोखिम कम हुँदै जाने भनिएको थियो।

तर अहिले त्यो हासिल गर्न दिनप्रतिदिन जटिल बन्दै गएको छ।हाम्रो प्रतिरोधी क्षमता समयक्रमसँगै कमजोर हुने भएकाले विभिन्न देशहरूले बुस्टर मात्रा खोप दिने कार्यक्रम सुरु गरेका छन्। खोपसम्बन्धी प्राध्यापक सबीर ए माधीका अनुसार सङ्क्रमण वा खोपपछिको प्रतिरोधी क्षमता छ महिनादेखि नौ महिनासम्म कायम रहन्छ। गम्भीर बिरामीबाट खोपले सुरक्षा दिए पनि उत्कृष्ट भनिएका खोपहरूले पनि मानिसमा हुने सङ्क्रमण वा कोरोनाभाइरस सर्ने क्रम रोक्न सकिरहेका छैनन्।

र ती’व्र गतिले भाइरसका नयाँ भेरिअन्टहरूमा विकास भइरहेको छ। कतिपय खोपलाई नयाँ भेरिअन्टसँग जुझ्न अप्ठेरो पर्नसक्ने पनि ठानिएको छ। नयाँ भेरिअन्टहरूले हामी भाइरसको विकासक्रमलाई ध्यान दिँदै त्यससँगै ‘बाँच्नुपर्ने’ र खोपहरूलाई थप परिष्कृत पार्दै लैजानुपर्ने अवस्था निम्त्याएको देखिन्छ।

यसै क्रममा चिनियाँ विज्ञले यस वर्षको अन्यसम्ममा कोभिड-१९ महामारीको समाप्त हुने दाबी गरेका छन्। चीनका चर्चित चिकित्सक एवम् संक्रामक रोग विशेषज्ञ झाङ वेन्होङले चिनियाँ मिडिायामार्फत सो दाबी गरेका हुन्।

‘कोभिड महामारीको लागि सम्भवत यो अन्तिम जाडोयाम हो’ चीनको मिडिया ग्रुपसँग शनिबार वेनहोङले भनेका छन्, ‘हालसम्मको अध्ययनले ओमिक्रोन भेरियन्टपछि कोभिड-१९ ले रुप परिवर्तन हुने देखाएको छैन। त्यसैले कोभिड-१९ महामारी सन् २०२२ को अन्त्यसम्ममा समाप्त हुनेमा म पुर्ण रुपमा विश्वस्त छु ।’ ५२ वर्षीय विज्ञ झाङले महामारीको सुरुवात देखि नै चीनको कोभिड महामारीविरुद्ध ल’डेका थिए।

महामारी सुरु भए लगत्तै अनुसन्धानकर्ताहरूले कोभिड-१९ विरुद्धको खोप विकास गर्न तीव्र गतिमा प्रयास गरेका थिए। केही औ’षधि कम्पनीहरूले विगतमा कहिल्यै मानवमा प्रयोग गर्न अनुमति नदिइएको एमआरएनए प्रविधि प्रयोग गर्ने निधो गरे।

उक्त जोखिमले परिणाम दियो। फाइजर-बायोएनटेक र पछि मोडर्नाले अरूभन्दा चाँडै खोपको विकास मात्रै गरेनन्, उनीहरूको आविष्कारले त्यस्तै विधि प्रयोग गरी अरू रोगको नयाँ उपचारहरूका लागि पनि बाटो खोलिदियो।

कोभिड महामारी घोषणा भएको करिब चार महिनापछि विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले ट्विट गर्‍यो: “तथ्य: #कोभिड-१९ हावाबाट सर्दैन।” त्यो बेला डब्ल्यूएचओका विज्ञहरूले मानिसहरूलाई मास्क लगाउन सुझाव दिइरहेका थिएनन्।

तर महामारीको समयमा थाहा भएका कुराले उक्त धारणामा परिवर्तन ल्याइदिएको छ। डब्ल्यूएचओले अहिले मानिसहरूले अरू मानिसहरूको छेउछाउ हुँदा मास्क लगाउने कुरालाई आम व्यवहार बनाउनुपर्ने सुझाव दिएको छ। त्यसको कारण कुनै व्यक्तिले खोके वा हाच्छिउँ गरेपछि हावामा छोटो अवधिका लागि रहने थुक वा खकारको अंशले कोभिड-१९ सर्छ भन्ने प्रमाण नै हो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्