अष्ट्रेलियामा एक नेपाली विद्यार्थी मृत फेला




अष्ट्रेलियाको सिड्नीमा एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन्। न्यु साउथ वेल्समा गैर आवासीय नेपाली संघले गोफण्डमिका अनुसार सुस्मिता कपाली नाम गरेकी नेपाली विद्यार्थी अष्ट्रेलियामा मृत फेला परेकी हुन्।

उनको मृत्युको विषयमा अहिले न्यु साउथ वेल्सको प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी सन् २०२० को फेब्रुअरी महिनामा अध्ययनका लागि अष्ट्रेलिया पुगेकी थिइन्।

नेपालको कीर्तिपुरमा घर भएकी उनको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले शव नेपाल ल्याउन खर्च उठाइरहेको विक्रम दाहालले बताएका छन्। अहिलेसम्म उनको शव नेपाल ल्याउन १६ हजार अष्ट्रेलियन डलरभन्दा धेरै रकम संकलन भइसकेको छ।

यो पनि पढ्नुहोस्
हङकङमा हाइकिङमा गएका दुईजनाको मृत्यु भएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार शनिबार भएको दुई छुट्टाछुट्टै घटनामा परी उनीहरुको मृत्यु भएको हो। उनीहरु दुवैजना ६० को दशकका मानिसहरु रहेको समाचारमा उल्लेख छ।

साउथर्न लान्टाउस्थित लिङ वुईमा ६४ वर्षीय लो थर गरेका पुरुषको मृत्यु भएको समाचारमा उल्लेख छ। यसअघि नै उनी विभिन्न स्वास्थ्य समस्याको सामना गर्दै आएका थिए।

प्रहरीका अनुसार साथीहरुसँग हाइकिङमा जाँदै गर्दाको उनको मृत्यु भएको हो। उनका साथीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए। त्यस्तै स्ट्यान्ली विल्सन ट्रेलमा ६३ वर्षीय अर्का वोङ थर गरेका पुरुषको मृत्यु भएको छ।

उनको पनि शनिबार नै मृत्यु भएको हो। उनीहरु दुवैलाई स्थानीय अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो। तर, अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्