विश्व नम्बर एक टेनिस खेलाडी अष्ट्रेलियावाट देश निकाला



एजेन्सी । विश्व नम्बर एक टेनिस खेलाडी तथा सर्बियाली नागरिक नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन् । ३४ वर्षीय जोकोभिचको भिसा र द्द गर्ने सरकारको फैसलालाई संघीय अदालतले सदर गरेपछि उनलाई अस्ट्रेलियाबाट देशनिकाला गरिएको हो ।

सर्बियाली नागरिक जोकोभिचको भिसा र द्द गर्ने सरकारको निर्णयलाई अदालतले कानुनसम्मत भनेको छ । अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा र द्द विरुद्धको अपिललाई खारेज गर्ने फैसला गरेका हुन् । अदालतको फैसलासँगै जोकोभिच अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन् ।

शुक्रवार अस्ट्रेलियाका आप्रवासन मन्त्री एलेक्स हकले जोकोभिचको उपस्थितिले अस्ट्रेलियाली समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम रहने भन्दै दोस्रो पटक भिसा र द्द गरेका थिए।

अस्ट्रेलिया प्रवेश गर्न विदेशी नागरिकका लागि कोभिड खोप अनिवार्य गरिएको भए पनि जोकोभिचले खोप लगाएका छैनन्। जनवरी ६ मा पहिलो पटक भिसा र द्द हुँदा जोकोभिचले गत सोमवार अदालतमा मु द्दा जितेका थिए।

शनिवार जोकोभिचलाई पुनः हिरासतमा लिइएको थियो। अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता सोमवार सुरु हुँदै छ र जोकोचिचले पहिलो चरणमा सोमवार राति सर्बियाकै खेलाडीविरुद्ध खेल्ने तालिका थियो। अदालतको निर्णयपछि जोकोभिचले आफू ूएकदमै निराशू भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्।

‘यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु,ू उनले एक वक्तव्यमा भनेका छन्। गएको साताहरू ममाथि नजर केन्द्रित भएको कुराले म असहज छु र म आशा गर्छु कि अब हामी सबै मैले माया गर्ने खेल र प्रतियोगितामा केन्द्रित हुनेछौँ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्