१४ वर्षीया बालिकालाई ब’ला’त्कार ग’रे’र गर्भवती बनाएको आरोपमा शिक्षक पक्राउ



खोटाङ । बालिका ब’ला’त्का’र अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालि कालाई ब’ला’त्का’र ग’रे’र ग’र्भवती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका–२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको छ ।

छोरीलाई ब’ला’त्का’र ग’रे’को भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आरोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटक–पटक बालिकालाई ब’ला’त्कार ग’रे’को अभियोग छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्