‘द भ्वाईस किड्स’की टेरेशा बिश्वकर्माको परिवारको रुवाबासी । बुवालाई यस्तो भयो, आमा धरधरी रोईन, टेरेशाले बिन्ती गरिन (भिडियो हेर्नुस)




दैलेख जिल्लाबाट द भ्वाइृस किड्समा प्रतिस्पर्धिको रुपमा आएकी ९ बर्षकी नानी डेरेशा कुमारी बिश्वकर्माको आवाजले सबैको मन जित्यो । व्लाईन्ड अडिशनमा गायिका तथा कोच मिलन नेवारले कुर्सी घुमाएपछि उनी अर्को चरणका लागि तयार भईन् । द भ्वाई किड्समा सेमिफाईनल अर्थात टप १६ सम्मको यात्रा तय गरेकी टेरेशाको आवाजले सबैको मन जितिरहँदा उनको परिवारको कथा पनि सबैले बुझ्न पाए । यसैबिच शिशिर भण्डारीसँग यो परिवारले आफ्नो सम्पुर्ण दुख व्यक्त गरेका छन् ।

दैलेखको दुर्गम गाउँको यो परिवारमा आमा शिवा बिश्वकर्मा पनि निकै मिठो गाउँछिन् । प्रतिभा भएर पनि उनी सधैं अगाडि आउन सकिनन् तर आफ्नो छोरीको प्रतिभालाई अगाडि ल्याउन भने उनी र उनका श्रीमान अर्थात टेरेशाको बुवा राम बहादुर बिश्वकर्मा सदैव लागिरहे । गरिवीका बिच यो परिवारमा अर्को बिपत पर्यो जब बुवा रामबहादुरको मुटुको भल्भ परिवर्तन गर्नुपर्यो । सम्पुर्ण सम्पत्ति सकाएर र ऋण काढेर उपचार त भयो तर फेरी उनलाई अर्को समस्याले पिरोल्यो । खुट्टामा रगत जमेसौ बुवा रामबहादुरको खुट्टा सुक्न थाल्यो । छोरी टेरेशा भ्वाईस अफ किड्समा गाउन आईन तर उनको बुवाले कान सुन्न छोडे । डाक्टरले यतिबेला उनको उपचारका लागि लाखौं रुपैंया लाग्ने बताईरहँदा यो परिवार धरधरी रोए । भिडियो हेर्नुस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्