स्वास्थ्यमन्त्री खतिवडाले नै कोभिड बिमाको रकम नपाएपछि….



काठमाडौ । कोभिड महामारीको समयमा गरिएको को रोना बिमाको रकम सर्वसाधारणले नपाएको दुई वर्ष हुन लागेको छ । धेरै नागरिकले विमा रकम पाएका छैनन् । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पनि विमा रकम नपाएको बताएका छन् । उनले कोभिड बिमावापतको रकम आफूले पनि प्राप्त गर्न नसकेको बताएका छन् । सोमबार समाजवादी प्रेस संगठनले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

कोभिडको विमा गरेको रकम मैले नै प्राप्त गर्न सकेको छैन, मन्त्री खतिवडाले भने । उनले अब सार्वजनिक स्थलमा खोप डेस्क सञ्चालन गरेर नागरिकलाई खोप लगाइने बताएका छन् । मन्त्री खतिवडाले भने, “सरकारले पर्याप्त खोप ल्याएको छ अब अभियानलाई गति दिन सार्वजनिक स्थलमै डेस्क सञ्चालन गरी खोप लगाइने छ ।” उनले आइतबार साँझसम्म खोप लगाउन योग्य ४० प्रतिशत नागरिकले खोप लगाइसकेको बताए ।

यो पनि, नेपालमा कोभिड(१९ को सङ्क्रमण बढी रहेको समय सरकारका मन्त्रीलाई पनि भेटाउन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण भएको छ । ज्वरो आएपछि उनको एन्टिजेन्ट परीक्षण गर्दा सङ्क्रमण देखिएको हो ।

आइतबार आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयको निरीक्षण अवलोकन गरेका थिए ।

आइतबार थपिएका संक्रमित मध्ये तीन हजार ३४७ संक्रमित उपत्यकामा रहेका छन् । पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसको आधा भन्दा बढी संक्रमित उपत्यकामा रहेका छन् । उपत्यकाका तीन जिल्लामा आज तीन हजार ३४७ नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौंमा दुई हजार ५४५, ललितपुर ४७४ र भक्तपुरमा ३२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितमध्ये चार हजार ५३४ को पिसीआर र ४२७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्