यिनै कांग्रेसका नेता कोइराला जसले १० बर्षीया बालिकालाई बाथरुममै यस्तो गरे !



काठमाडौ । बालिकालाई क’र णी ग’रे’को आरोपमा नेपाली कांग्रेसका नेता पक्राउ परेका छन्। नेपाली कांग्रेस प्रदेश १ समितिका सदस्य रहेका मोरङको बुढीगंगा गाउँपालिका–२ का ५० वर्षीय शिव कोइरालालाई प्रहरीले १० वर्षीया बालिकालाई क’र णी ग’रेको आरोपमा आइतबार पक्राउ गरेको हो।

बुढीगंगा गाउँपालिका–२ स्थित टंकिसनवारी घर भएका कोइरालालाई बालिकालाई ज’वरज’स्ती क’र णी ग’रेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिए।

उनले पीडीतको जाहेरीका आधारमा कोइरालालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अघि बढाइएको बताए। प्रहरी नियन्त्रणमा रहेका कोइरालालाई सोमबार जिल्ला अदालत मोरङमा म्याद थपको तयारी गरिएको छ। शिव कोइरालाले १० वर्षीय बालिकालाई टंकिसनवारीस्थित बाथरुममा शुक्रबार ज’वर’जस्ती क र णी गरेको आरोप छ। कोइराला केही साता अघि विराटनगरमा सम्पन्न अधिवेशनबाट प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए।

यो पनि, गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन (ओएनएम) स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने तयारी गरेको बताउनुभयो ।

“आउँदो आर्थिक वर्षदेखि यो कार्यान्वयनमा जान्छ, अब पर्यटनको काम जिल्लाबाटै हुन्छ”, उहाँले भन्नुभयो, “अधिकृत तहका कर्मचारी, इन्जिनियरलगायतको दरबन्दी शाखामा रहन्छ ।” त्यहीँबाट पर्यटन पूर्वाधारका योजनादेखि प्रवद्र्धनका काम सञ्चालन हुने मन्त्री कँडेलले बताउनुभयो ।

यसअघि पर्यटन सम्बद्ध सङ्घसंस्थाले जिल्लामा अलग्गै पर्यटन कार्यालय खोल्न माग गर्दै आएका थिए । उहाँले छुट्टै कार्यालय आवश्यक नदेखिएकाले घरेलुमार्फत सेवा प्रवाह हुने गरी शाखा सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो ।

जिल्लामा पर्यटन क्षेत्र हेर्ने सरकारी निकाय÷संयन्त्र नहुँदा स–साना कामका लागि पनि प्रदेश राजधानी जानुपर्ने बाध्यता छ । पोखराबाट पर्यटन कार्यालय, पर्यटन बोर्डलगायतले सेवा दिइरहेका छन् । पर्यटनमा राज्यको लगानी बढेको र समृद्धिको आधार क्षेत्रका रुपमा पनि लिइए पनि सोही अनुसार सरकारी संरचना खडा हुन सकेको छैन ।

यसका कारण विकास योजनाका काम प्रभावित बन्ने गरेका छन् । पर्यटनका सेवामा सबैको पहुँच छैन । मन्त्री कँडेलले सर्वसाधारणको हित हेरेर मन्त्रालयले प्रदेशका दुई ठाउँमा कम्पनी रजिष्ट्रारको कार्यालय पनि ल्याउन लागेको जानकारी दिनुभयो । उहाँका अनुसार छिट्टै कास्की र बागलुङमा त्यो कार्यालय सञ्चालनमा आउनेछ ।

उहाँले विस्तारै चलायमान हुँदै गएको पर्यटन क्षेत्रमा कोरोनाको नयाँ भेरियन्टले पुनः त्रास थपेको हुँदा पर्यटन क्षेत्रको पुनःउत्थानका लागि सरकारले राहत र अनुदान सुविधा दिएको बताउनुभयो । “होटल व्यवसायीलाई बिनाब्याज तीन वर्षलाई रु १५ लाख ऋण दिइरहेका छौँ, तर सोच जसरी व्यवसायीले त्यो सुविधा लिन सक्नुभएको छैन”, उहाँले भन्नुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्