परिवारको सपना पूरा गर्न कुवेत गएकी माया कहिले नफर्किने गरेर सधैको लागि उतै अस्ताईन


banner

दोहा । रोजगारीका लागि कुवेत पुगेकी एक नेपाली महिला कामदारको मृ,त्यु भएको । कुवेतको मङ्गाफमा गत शुक्रबार क्रेनको ठ,क्क’रबाट सिन्धुपाल्चोक स्थायी भएकी माया तामाङको निधन भएको हो ।

बाटो काट्ने क्रममा विपरीत दिशाबाट आएको क्रेनले ठ’क्क’र दिँ’दा उनको घटनास्थलमै मृ,त्यु भएको थियो । उक्त घटनाबारे कुवेत प्रहरीले मुचुल्का बनाई क्रेन चालकलाई पनि नियन्त्रणमा लिइसकिएको बताइएको छ ।

मृतकको शवलाई पो’स्टमा’र्टमका लागि हस्पिटल लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार मृतक तामाङले बाटो काट्ने क्रममा मोबाइल चलाउँदै बाटो काटिरहेकी थिइन् । सोही बेला उक्त दु,र्घटना भएको बताइएको छ ।

यस घटनाको विषयमा कुवेतमा रहेको नेपाली दूतावासमा जानकारी गराइसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका युवा संयोजक नवराज पराजुली जानकारी दिए ।

यता दूतावासले पनि घटनाबारे जानकारी आएको भन्दै कम्पनी तथा परिवारसँग समन्वय गरेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शवलाई जतिसक्दो चाँडो स्वदेश पठाइने जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्