‘कहो न प्यार है’ का गीतकारको कोभिड संक्रमणका कारण निधन




एजेन्सी । बलिउडका लोकप्रिय गीतकार इब्राहिम अश्कको ७० वर्षको उमेरमा निधन भएको छ । उनलाई कोभिड संक्रमण भएको थियो । शनिवार मात्र अस्पताल भर्ना भएका उनको कोभिड संक्रमणका कारण निधन भएको छ । उनको मुम्बईको सटेमीरा रोडस्थित मेडीकेटक मल्टीस्पेशियालिट अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् । उनले फिल्म ‘कहो ना प्यार हे’को शीर्ष गीतलगायत धेरै फिल्ममा गीत लेखेका थिए ।

इब्राहिमलाई शनिबार एक्कासी ज्वरो आएपछि उनले र ग त बमिट गरेका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मुटुको रोगी पनि थिए । जसकारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको जन्म मध्यप्रदेशको मन्दसौर जिल्लामा भएको थियो । उनले बलिउडमा ‘कोई मिल गया’, ‘कृष’, ‘वेलकम’, ‘जानशीन’, ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘आप मुझे अच्छे लगने लगे’ जस्ता फिल्ममा गीत लेखेका थिए । उनले आफ्नो करियरको सुरुवात पत्रकारको रुपमा गरेका थिए ।

यो पनि, बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर आफ्नो प्रेमलाई विवाह मण्डपसम्म पु¥याउन यो जोडीलाई कम सकस परेन । दुवैले कैयौं समस्या पार गरे ।

हेमासँग विवाह गर्नुअघि नै धर्मेन्द्र विवाहित थिए । जुन कुरा हेमासँगको विवाहका लागि समस्या बनेको थियो । धर्मेन्द्र र हेमाको प्रेमकथा चर्चित र विवादित सँगै दिलचस्प पनि थियो । उनीहरुले एकसाथ कैयौं फिल्ममा काम गरे । तर प्रेमकथाको सुरुवात ‘शोले’बाट भयो । यो फिल्मको सेटमा हेमा र धर्मेन्द्रको प्रेमकथाको एक किस्सा निकै लोकप्रिय छ ।

फिल्म ‘शोले’को गब्बरदेखि वीरुको संवाद अहिले पनि जोकोहीको मुखमा झु ण्डि एको छ । फिल्ममा अमिताभ बच्चन, जया भादुरी, धर्मेन्द्र र हेमाको प्रमुख भूमिकामा अभिनय थियो । धर्मेन्द्र ठाकुरको भूमिकामा अभिनय गर्न चाहन्थे, तर फिल्ममा वीरु र बसन्तीको भूमिका रहेको थाहा पाएपछि उनले ठाकुरको भूमिकालाई छोडे ।

धर्मेन्द्र हेमालाई निकै मनपराउँथे । ‘शोले’को छायाँकनमा उनको वरपर नै हेमा रहुन् भन्ने चाहन्थे । यो फिल्मको छायाँकनमा धर्मेन्द्र लाइटमेनलाई गल्ती काम गर्नका लागि पैसा दिन्थे । आफ्नो र हेमाको दृश्य छायांकन भइरहँदा लाइटमेनले गल्ती गरिदियो भने त्यो दृश्यलाई रिटेक गर्नुपर्छ भन्ने धर्मेन्द्रलाई थाहा थियो । जसकारण उनी लामो समयसम्म हेमासँग समय बिताउन चाहन्थे ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्