कुमार घैंटे समूहका गुण्डा नाइके विकास पुन काठमाडौंबाट पक्राउ




दाङ । दाङका गुण्डा नाइके विकास पुन पक्राउ परेका छन् । गुण्डा नाइके पुन ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंमा पक्राउ परेका हुन् ।

पक्राउ परेका पुनलाई जिल्ला झिकाउन प्रहरीको टोली काठमाडौं पठाइएको प्रहरीले बतायो । पुनविरुद्ध नदीजन्य प’दा’र्थको काममा ५० लाख रुपैयाँ ठगी गरेको भन्दै कपिलवस्तुका तिलक थापाले मद्दा दर्ता गराएका थिए ।

राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) को काम गर्दा आफूले दिएको रकम फिर्ता नगरी विकास भागेको तिलकको दाबी छ। गत वैशाख २६ मा उक्त रकम विकासले सापटी लिएको तिलक दाबी गर्छन्। खोलामा लगानी गर्दा फाइदा हुने भन्दै उनले उक्त रकम लिएका थिए।

विकास नेकपा एमालेका कार्यकर्ता हुन्। राजनीतिको आडमा उनी आपराधिक क्रियाकलापमा लागेको एक प्रहरी अधिकृत बताउँछन्। विकास पछिल्लो समय काठमाडौंमा थिए। उनलाई दाङ ल्याएर आवश्यक अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।

उनी कुमार घैंटे समूहका हुन् । कुमार घैंटे प्रहरी इ’न्का’उ’न्टरमा मा’रि’एपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय भएका थिए । २०७३ सालमा उनी ज्या’न ‘मा’र्ने उ’द्यो’गमा पनि पक्राउ परेका थिए । सोही मुद्दामा दाङ जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो । पछि उनी सर्वाेच्चमा अपिल गर्न पुगेका थिए । उक्त मुद्दा हाल विचाराधीन छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्