नेपाल मै १४ वर्षीया बालिकाको बयान : मलाई मेरै शिक्षकले….



खोटाङ : बालिका कर णी अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई कर णी गरेर ग’र्भव’ती बनाएको आरोपमा रावाबेँसी गाउँपालिका-२ खार्पाका ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् ।

भाषा आधारभूत विद्यालय खार्पामा कार्यरत पोखरेललाई उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठो’क्सिला’ले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।

छोरीलाई कर णी गरेको भन्दै पीडितका बुवाले गत बिहीबार उजुरी दिएको आधारमा आ’रोपित शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सागर शाहले बताए । स्वास्थ्य परीक्षणका क्रममा पीडित बालिका २० हप्ताको गर्भवती रहेको खुलेको आफन्तले बताएका छन् ।

शिक्षक पोखरेलमाथि ९ भदौयता पटक-पटक बालिकालाई कर णी गरेको अभियोग छ । उनलाई जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक शाहले बताए ।

यो पनि : ओझेलमा ‘पुरानो गाउँ’

छिस्तीको केवै कटेरमाथि लागेपछि ‘पुरानो गाउँ’ आइपुग्छ । प्रकृतिले सिगारेको पुरानो गाउँ अहिले मान्छेविहीन छ । पहिले त्यहाँ पौडेल मुखियाको बस्ती थियो । पछि उनीहरु थातथलो छाडेर तल झरे । बस्ती सरेपनि ‘पुरानो गाउँ’को चिनारी भने मेटिएन । अहिलेसम्मै त्यही नाउँ चल्तीमा छ । प्रकृतिको भव्यतासँगै इतिहास र संस्कृतिका पक्षबाटसमेत पुरानो गाउँको भिन्न महत्व छ । जैमिनी नगरपालिका–८ छिस्तीका बासिन्दाले वडाको ठूलो सम्पत्तिका रुपमा त्यसलाई लिन्छन् । बेलाबेला पर्यटन र पूर्वाधार विकासका योजनासँग पुरानो गाउँलाई जोड्नुपर्ने आवाज उठाउँछन् ।

केवैका डिलबहादुर श्रीसले पुरानो गाउँलाई चिन्न नसकी ओझेलमा परेको वैभवका रुपमा चित्रित गर्नुभयो । “भुरे, टाकुरे राज्यका पालामा यहाँबाट राजकाज चल्थ्यो, त्यसबेला यसको सम्बन्ध गलकोट राज्यसँग थियो”, इतिहास कोट्याउँदै उहाँले भन्नुभयो, “गल्छिना, कोतघर र गाउँको अवशेष अहिले पनि भेटिन्छ ।”

श्रीसका अनुसार किसानले त्यहाँका टापु र खर्कमा बाली उब्जाउने, बस्तुभाउ पाल्ने र गोठ बस्ने गर्थे । उहिले बनेका पोखरी, चौपारी, मन्दिर जस्ता संरचना अहिले पनि जङ्गलबीच देख्न सकिन्छ । गाउँलेका भनाइमा वर्षात्का बेला पोखरीको पानी खाँदा हैजा चलेपछि मानिस त्यहाँबाट बसाइँ सरेका थिए ।

कतै घना जङ्गल, कतै समथर घाँसे मैदानसहित रमणीय भू–बनोटमा पुरानो गाउँ अवस्थित छ । अहिले पनि तलका गाउँले घाँस दाउरा गर्न र भेँडाको चरिचरनका लागि त्यहाँ पुग्छन् । सिङ्गै क्षेत्रलाई पुरानो गाउँ भनिए पनि त्यहाँ स–साना टापु, देउराली र खर्क छन् । करिब सात हजार रोपनीमा त्यो फैलिएको श्रीसले बताउनुभयो ।

“बेलाबेला विमानस्थल बनाउन सकिन्छ की भनेर पनि यहाँको चर्चा हुने गर्छ”, उहाँले भन्नुभयो, “कृषि, वनमा आधारित कुनै विश्वविद्यालय या औद्योगिक क्षेत्र पनि बनाउन सकिने ठाउँ छ ।” अहिले जङ्गल र मैदानमा फेरिएको त्यहो ठाउँमा पहिले खेतीपाती हुन्थ्यो ।

त्यहीँ मानिसको बसोबास थियो । राज्यले चाहेमा त्यस ठाउँको बहुउपयोग गर्न सक्ने स्थानीयवासी पदमबहादुर पुनले बताउनुभयो । उहाँले पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न सके गाउँमा आर्थिक गतिविधि बढ्ने र मानिसको जीवनस्तर उकासिने धारणा राख्नुभयो । पर्यटक आकर्षित गर्न त्यहाँ पूर्वाधार निर्माणको भने खाँचो छ । जनसहभागितासहित स्थानीय तहको लगानीमा यसैवर्ष सडक पुगेपनि अन्य सुविधाबाट त्यस क्षेत्र वञ्चित छ । खानेपानी, विद्युत्लगायत आधारभूत सेवा पुरानो गाउँ पु¥याउनुपर्ने पुनले बताउनुभयो ।

केवै गाउँबाट चार किमि यात्रापछि पुरानो गाउँ उक्लन सकिन्छ । पदयात्रामार्फत पनि सजिलै त्यहाँ पुगिन्छ । पुनका अनुसार धार्मिक आस्थाका दृष्टिलेसमेत पुरानो गाउँलाई पवित्र रुपले हेरिन्छ । त्यहाँ रहेको बराजुको मन्दिरमा वर्सेनि साउन र भदौमा विशेष पूजाआजा हुन्छ ।

खासगरी पौडेलले पूज्ने गरेको मन्दिर भए पनि स्थानीय जनजाति समुदायको पनि सांस्कृतिक आस्था त्यहाँ जोडिएको छ । साउनमा गाउँभरिका सबै त्यहाँ पुगेर खीर चढाएपछि बल्ल घरमा खीर फुकाउने चलन छ । बलेवा, सर्कुवालगायतका ठाउँबाटसमेत पौडेलका सन्तति पूजाआजाका लागि पुरानो गाउँ पुग्छन् ।

प्रकृतिको मनारेम दृश्यापान त्यहाँको अर्को आकर्षण हो । पुरानो गाउँबाट हिमशृङ्खलासहित रमणीय पहाडी भू–बनोट र जनजीवनको अवलोकन गर्न सकिन्छ । दुर्लभ वन्यजन्तु र पक्षीको बासस्थानसमेत त्यहाँ छ । जडीबुटीका लागि पनि पुरानो गाउँको नाम आउछ ।

वडाध्यक्ष विजय शर्मा अधिकारीले पुरानो गाउँको समग्र विकासमा नगर र वडाको ध्यान गएको बताउनुभयो । “नगरको पर्यटकीय विकास योजनामा पुरानो गाउँ पनि समेटिएको छ, डिपिआरमार्फत काम अगाडि बढ्दैछ”, उहाँले भन्नुभयो,“अहिले बजेटको अभाव भएकाले सोचेजसरी काम गर्न सकिएको छैन ।”

सडक पु¥याउनेदेखि, पदमार्ग निर्माण, पोखरी, मन्दिर संरक्षणलगायतका काममा वडाले सघाएको वडाध्यक्ष अधिकारीले उल्लेख गर्नुभयो । वनभोजस्थल, ‘भ्यूटावर’ जस्ता पर्यटकीय पूर्वाधार निर्माणको योजना रहेको उहाँले सुनाउनुभयो । पुरानो गाउँको समग्र विकासका लागि सर्वपक्षीय सरोकार समिति बनाउन पहल गरिए पनि नेतृत्व कस्ले लिने विवादले त्यो टुङ्गोमा पुग्न सकेको छैन ।

अहिलेपनि त्यस ठाउँको विकासलाई लिएर कुनैपनि सङ्घसंस्था÷समिति क्रियाशील छ्रैनन् । जसका कारण विकासबाट पुरानो गाउँ पछाडि परेको छ । राज्यका निकायको पनि खास नजर पुग्न सकेको छैन । नेपाललाई उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरदेखि १७ किमि दूरीमा पुरानो गाउँ पर्छ । त्यहाँ पुग्दा सेरोफेरोमा रहेका हाँडीकोट, थन्थाप माई, बेलबगरलगायतका गन्तव्यस्थललाई फन्को मार्न सकिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्